Monday 18 May 2015

चाहाना


आजकल म जे चाहन्न त्यै स्वीकार्दैछु
चुपचाप !
हो, सबै मेरा चाहानाका बिपरित छन,
यो भुकम्प जस्तै म नेताहरु चाहन्न
यो सर्कार चाहन्न |
अँ,झन यी रीजनैतिक दलहरु त फिटिक्कै मेरो चाहानासंग मेल खान्नन, पत्रकार जस्तै
प्रशासन जस्तै, दलाल र ठेकदार जस्तै....||

राष्ट्रबादी हुँ भन्दै हरदिन छापिने र बिक्ने तिमी लम्पट बिद्वान भनौदाहरु खुसी नहुनु अब !
तिमीहरु देशका दुष्मन हौ,
र त म तिमीहरुलाई पनि बहिस्कार गर्छु मेरो चाहानाको प्रोफाईलमा,,
आफुलाई अब्बल ठान्दै अर्कैको बैशाखी टेकेर
ठुलो समाजसेवाको रट्टान भर्ने तिमी डरलबादीहरु त झन मेरो नजरको ब्वॉसो हौ !
तिमी र भुकम्पमा केहि फरक छैन !
भुकम्पले नि लुट्यो र तिमी पनि लुट्दैछौ ||
फरक, तिमी हॉसेर लुटछौ र जनतालाई आफ्नो गौरब देखाऊछौ !

चुपचाप तिम्रो मौन समर्थन गर्ने म आफैँ नै
मेरो चाहाना हैन ,
र पनि आफैलाई स्वीकार्दै छु |
क्या गजप छ, जे चाहाना हैन त्यो नै भोगिरहनु पर्ने,
जे रोजाई हैैन त्यै रोजीरहनु पर्ने,

No comments:

Post a Comment