Monday, 18 May 2015

फस्ट डेट विथ जेनी


                           


हुर्हुर्याउदो  बतास एकोहोरो पश्चिम दिशातिर बग्दै छ ।
आकाशमा फैलिएका बादलका गुजुल्टाहरुमा एउटा अनौठो चमकमा धुमिल हुँदैछन ।
माछापुच्छ्रेको नगिच , पोखराबाट कारीब २०/३० मिनेटको यान्त्रिक यात्रा गरेपछी मिलनचोक हुँदै हेम्जा पुगिन्छ । जनवरीको ठन्डा मौसम । हेम्जा चिसो थियो । मनै सिरिङ्ग गर्ने जाडो ।
हाम्रो गन्तब्य नाऊडॉडा सम्मको हो , तर हेम्जामै चिसोले हामीलाई कस्टडिमा लियो ।
अझै २०/२५ मिनेटको उकालो घुमाउरो रोडलाई हामीले छोट्याउनु थियो ।
म हिरोहोन्डा बाईकको चालकको रुपमा कार्यरत , उनी मेरो साधनाको एक्ली पेसेन्जर , विथाउट पे ।
दुई पाङ्रे साधनको पछील्तिर उनी बिराजमान थिईन, चुपचाप ।
शुर्यको किरणलाई नाउडाडाले अगिनै छेकिसकेकोले चिसो झन मात्तिदै थियो हामीलाई आठ्याउन ,,,,,,।
घाम त छितिजलाई छोडेर गैसकेको जस्तो लाग्दथ्यो
मात्र गोधुलीमा थियो त्यो दिन ।
अहा ! क्या रमाइलो ?
मैले जीवनमा पहिलो पटक अनुभुती गरेको गोधुली समय ।
कस्तो मोहक ! कस्तो मादक !
कती रोमान्चित !

नाऊडॉडाको चिसो मौसममा हामी एक-अर्कामा हरायौ ।
बल्ल बल्ल हामी दुई एक भएका थियौ ।
मौसम चिसो भए पनि मन भित्रको ताप ज्यादा भएको थियो ।
भर्खर +२ गरेर ब्याच्लर फस्ट ईअर चल्दै थ्यो बेला,
जाडो बिदा भएकोले हाम्रो `डेट' जुरेको थियो ।
***
जेनिशा उनको नाम । सबको जेनी, वा ! कत्ती राम्रो नाम ? मैले मन मनै भनेको।
क्लासमा सरले रोल नम्बर भन्दै इन्टरड्युस चलेको बेला उठेकी थीइन उनी | सानो ऑखा ,गोलो पोक्चो अनुहार,एऊटा दॉत छुस्स बाहिर निक्लेको जुन मन्द मुस्कानमा हिस्सि देखिने । पातलो ऑखिभौँ, कर्लि गरेको कपाल | मलाई तेती बेला देखिनै उनी मन पर्न थाली हाल्यो |
यो मन पनि कस्तो अचम्मको !
तर मैले जेनीलाई मन पराउछु भन्न सकेको थीईन |
क्लास चल्दै गयो ।
म फस्ट बेन्चमा पहिलो सीटमा बस्थे, उ बायॉ पट्टिको तेस्रो लहरमा |
तेसताका हाम्रो बोल्चाल पटक्कै भएन । मलाई केटी सँग बोल्न लाज मात्र हैन बडो डर लागेर आउथ्यो । म बोल्ने त सम्भाबनै थेन झन केटी त कॉ  पैले बोल्छन र ?
अरुसँग सजिलै बोल्न सक्ने म उनी छेउ परेसि चुप !
निशब्द हुनि एकाएक ! तेसै गरी एक मैना मनको लड्डु घीउमा पकाएर एक्लै खाए मैले । अहँ , कसैलाई भनेको भए मरिजाउ ! तर यो साचो हो कि म जेनी सँग निकै अफेक्सनमा थिए ।

लगभग दुई महिना पछी हाम्रो सबै सब्जेक्ट्को  ईन्टरनल टेस्ट भयो । म उक्त टेस्टमा तेस्रा भए। जेनी  फेल भइ |
मलाई कस्तो नरमाइलो लाग्यो,
बरु म फेल भर उ पास भएको भा`नी हुन्थियो जस्तो लाग्यो ।
क्लास टेस्टमा दिलु फर्स्ट |
जुन दिन रिजल्ट भएको थियो, मैले जेनिलाई निरश पाए । खै किन हो सोद्न पनि सकिन ।
जेनिलाई निरश देखेर मेरो मन पनि खल्लो बन्यो, रसानुभुती भयो केरे तेतिबेला |
म क्लासमा स्तब्ध भएको देखेर केही साथीहरुले जिज्ञासा पनि राखे `के भयो शुनिल ?'
म अनुत्तरित..
नचाहेरै मैले मेरा मनका भाबनाहरु मनभित्रै कैद बनाए |
कलेजका दिनहरु बित्दै गयो निरुद्देस्य |
म झन मौन बन्दै गएँ। मलाई मौनता प्यारो लाग्दैन |
जे प्यारो लाग्दैन तेही सहनु पर्छ फेरी ! मैनता मेरो रोजाई हैन |
दोस्रो पिरियड कम्पलसरि अँग्रेजीको थियो, त्यो बिहानी
जेनिशा मेरो बेन्चिमा बस्न आई, म बडो शर्माएँ..
के गरु के भयो,
लाज र मज्जा एकैचोटी भयो मलाई।
कस्तो काऊकुति हृदय भित्र !
म अली कती सरेर बसेँ |
म भन्दा दायॉपट्टी छेऊमै बसि ऊ |
क्लास चल्छ तर म मन-मनै उथल्पुथल भको छु ।
के गरु कॉ जॉउ भाछ । उफ…!
कस्तो गाह्रो भयो मलाई त्यो दिन तै पनि समाह्लिएर बसे छट्पटाउदै।
दोस्रो पिरिएड सुरु हुनु भन्दा अगाडि जेनी म सँग बोल्न खोजेको जस्तो लाग्दै थियो तर बोलिन।खोइ के भन्न आटेकी थी मलाई पुल्लुक्क हेरेर आँखा अगाडि मोडी | म सिरिङ्ग भए।
मनमा कता कता हुरी चले जस्तो भयो । थाम्नै नसक्ने गरी।
म शालीन भएको देखेर होला उ पनि बोल्न सकिन ।क्लासमा तेस्तो असहज भाव देखाईन मैले पनि |
त्यो दिनको क्लास छटपटिमै बित्यो ।
के, कसले, कसरी पढाए मैले निधो गर्नै सकिन ।
भोली पल्ट पनि उही समस्या दोहोरियो | आज भने जेनिले मलाई मेरै नामले सम्बोधन गरेर भनि `शुनिल मलाई हजुरको नोट दिनुस् न ल !'
म एकाएक के भएँ के ? पुलकित !
सॉच्चै म तेही पुकारको प्रतिक्षामा थिए।
मैले नोट दिएँ, जसको साथमा मेरो फोन नम्बर पनि राखिदिएँ र लेखे 'केही नबुझिएमा फोन गर्नुहोला !'
बेलुका मेरो मोबाईलमा मिसकल आयो नयॉ नम्बरको |
सुरु भो कुरा ....
नोट साटासाट बाटै पहिलो प्रेम सुरु हुन्छ भन्थे अरु साथीहरु,
त्यो दिन नोट दिएर सुरु भएको हाम्रो यात्रा आज नाऊडॉडा पुग्दै थियो,अनी हामी दुई पात्र शुनिल र जेनी ।
***
नाऊडॉडाको चिसो हावामा हामीले आफ्नो शरीरलाई ओस्यायौँ एकै छिन,
चिसोमा हाम्रो शरीर तातिदै गयो, एउटा ढुङ्गालाई गुन्द्री बनाएर एकैछिन लमतन्न तेर्सियौँ आकाश हेर्दै । मुख बाट निक्लेको बाफ पनि बादल बनेर उड्यो जेनिको र मेरो अनी एकैछिनमा बाफ शीतमा पारीणत भएर हामीलाई चिस्याउन आईपुग्यो ।
जेनी आफ्ना हातका अम्लाले सल्लाको त्यान्द्रोलाई छुट्याउने खेलमा अलमलिएकी छिन म निर्मल आकाश हेर्नमा ब्यस्त छु अझ भनौ म केहीमा पनि बेस्त छैन ।
जेनिले लागेका ड्राइफूड सकिसकेको थियो तर जाडो झन थपिदै थियो ।
हामी ढुङ्गालाई पिर्का बनाएर शारङ्कोटको ठीक्क  अगाडि बसेका छौ, माच्छापुच्छ्रेको सिम्रिक आबरण मात्र देखिएको छ | गोधुली सॉझ |
आकाशमा चराका एक हुल दौड प्रतियोगिता झैँ बेगले हुत्तिदै छन अनी बादलमा कता हराउछन कता ?
चिसो हावाको स्पर्शले मनलाई स्पन्दित बनाइरहेको भान भईरहेको थियो।
शुर्यको धिमा प्रकाश वरिपरी बिलाउने तरखरमा थियो , जेनिले मेरो आँखामा आँखा मिलाइन । म चन्चल भए । साएद उनी पनि ।
यो चन्चल मनको व्याख्या मैले गर्न सक्दिन, तर मनले कहिले काही अचम्मको स्वार्थ बिकास गर्दो रइछ ।
जेनिको मुखबाट आएको तातो श्वासले मेरो हृदएमा खल्बल मच्चायो । हामी तेती बेला सम्म एकदमै क्लोज भई सकेका थियौ |
शारीरिक सामिप्यतामा |थाहै भएन कतिखेर मन पग्लियो ?
जेनीले मलाई अङालोमा बेरिसकिछ।
मैले तेती नै बेला हो पहिलो पटक बिपरित लिङ्गीसँग आफ्नो शरिर स्पर्श गरेको .......
म बयानै गर्न सक्दिन ! गरु पनि कसरी ?
मेरो जीवनको पैलो डेट, फस्ट डेट !
जब एउटा पुरुष एउटी केटीको शरीर सँग जोडीएको हुन्छ तेतिबेला उसले दुनियाँको सबै कुराहरु भुल्दो रहेछ । मलाई पनि तेही भयो । हो म नढाटिकन भन्छु मैले सबै भुले , जन्म दिने आमा मैले पहिलो पटक भुले अनी सरा पिडा, दु:ख, सबै सबै मैले भुले,आफ्नै धड्कन् पनि भुले जस्तो लाग्छ ऐले त; तर खोइ के भयो त्यो कसिलो आलिङगन किन प्यारो लाग्यो मलाई थाहा छैन ?
हामीले आफ्नो दुई छाती पनि जोड्यौ टमक्कै !टाईट हग ! कसिरह्यौँ | छोडिनै मानेन हाम्रो आलिगंन |
मेरो कॉधमा ऊनको चिँउडो भरिएको थियो | दुबै मादक बनेका हामी |
झन उनको मुख बाट आएको तातो हावाले मलाई मादक बनायो । म थामिन सकिन । बडो गार्हो भयो ।
रक्त केशिकाहरु उम्लिन थाले । मुटुमा जोड धड्कन । लामो श्वास .......!
र सलबलाहट मात्र दुईज्यानको | रोडको एक छेऊमा थियौँ, कति गाडीहरु बेतोडले हर्न मार्दै हुत्ति रहेको थिए | पर्बाह केहिको गरिएन |
जेनिले मलाई कानमा केही कुरो फुस्फुसाइन, के भनिन मैले याद गर्नै सकिन ।
मैले उनको कपाल सुम्सुम्याए । हामी झन बेस्सरी टॉस्सियौ…
पोखरा बाग्लुगं शडकको छेऊमै हामी एकअर्कामा माया साटीरहेका थियौँ | थाहै भएन कतिखेर मेरा ओठ जेनिको ओठमा टासिन पुगेछन ।
***
नाऊडॉडाको चिसो हावाले हामीलाई झस्काईरहेको थियो | हृदयभित्रको ताप मिलेर मात्र हामी बाफीई रहेका थियौँ, गाडीका हर्नहरुले कानलाई ब्युँझाईदिए | बेहोसीबाट हामी यथार्थमा फर्कियौँ | समाह्लियौँ |
ऑखा जुधाऊन बडो गाह्रो भो | चुम्बनका बर्शाले रुझ्यौ हामी |
अनि फर्कियौँ पोखरा | मैले घर नजीकै जेनिलाई ड्रप गरेँ | ड्रप हुने बित्तिकै दायॉ घुमेर जेनी ठिन्ग्रिगं ऊभि रहि र म पनि झरे बाईकबाट तुरुन्तै उस्को अंगालोमा कैद भएँ, साथ दिएँ |घर नजिकै भएर पनि डराईएन | कसैले देखेको भए के हालत हुनिथ्यो त्यो पनि सोचिएन | बस प्रेमममा डर भन्दा पागलपन बढि हुँदो रैच |

 जानु नै थियो मलाई मेरै रुम ,जेनीकोमा बस्ने कुरो पनि थिएन | मन नलाग्दा नलाग्दै जेनीले आफ्नो हात हल्लाईन हावामा ओठबाट चुम्मा दिदैँ घुम्तिबाट बिलाई उ र म पनि फर्किएँ आफ्नै रुम |
मालेपाटन हुँदै जिरो छिरेर एरपोर्टमा जानुथियो मलाई | बाटोमा प्रहरीको चेकगं रहेछ | रोक्ने आदेश पालना गरेँ | लाईसेन्स र बिलबुक चेक भयो र मुख सुँघ्यो मापसेको लागी | मापसे थिएन | थियो त केबल मादकता प्रेमको , चुम्बनको | यो चेक गर्ने यन्त्र बन्यो भनेचैँ प्रेमिल जोडिहरुलाई कठीन होला |
म मुसुक्क मुस्कुराएँ | चेकिगंवाला प्रहरीले पनि फर्कायो मुस्कान | सायद मुर्गा फेला नपरेर होला ऊस्को, मुस्कानमा कागतिको रश भरिएको थियो,अमिलो |

रात १० बजे पछि फेरी हामी गफियौँ | एनटिसिले दिएको अफर मज्जाले प्रयोग भो |
त्यो रात मलाई प्यारो लाग्यो म निदाऊन भन्दा जीबनका कल्पना बुन्न बेस्त भएँ | जेनी र आफुलाई जीन्दगीको एऊटा भब्यतामा लगेँ |

भोलिपल्ट बिहानै म मस्त निदमा थिएँ, फोनको रिगंले झस्कायो ठिक ५:३५ भैसकेको रैछ | जेनीले फोन गरिछ | उन्ताका जेनीले सँधै बिहान मलाई ऊठाऊथि फोन गरेर  | मेरो आल्राम जेनी नै थिई |
'कलेजटाईम भयो ऊठ्ने हैन छुच्चा ! '
'ऊमम् ऊठे अब'
' छिटो आउनुस '
मैले अक्सर जेनीलाई नामबाट बोलाऊथे तर त्यो भन्दा बढि 'छुच्चि' शब्द नै प्रयोग हुन्थ्यो |
र मलाई पनि 'छुच्चा' नै भन्थि, कति मिठो लाग्थ्यो त्यो शब्द जेनीको मुखबाट ! कति प्रिए लाग्थ्यो |

हतार हतार सुच प्रकृया सकि तयार भएर कलेज गैन्थ्यो |
म बसेको रुमबाट कलेज पुग्न ७ मिनेट लाग्थ्यो | पोखराको सामुदायिक कलेज मध्यको ऊत्कृष्ट कलेज हो | युनिभर्सिटी ग्रान्ड कमिसनबाट ग्र्याजुएटेड भको जनप्रिय बहुमुखी क्याम्पस सिमलचैर पोखरा |

कलेजमा बडो निन्द्र लाग्नि | सरले पडाको बुज्न खोज्दै गर्दा ऑखा लठ्टेर चौपट ! ऊंग पनि कति हो कति लाग्ने त ? झुलेर हैरान | अगाडी बेन्चिमै बस्थे म | मेरो साथमा पुर्सोत्तम, मिलन, नबराज र प्रकाश हुन्थे |

जेनी ठिक हाम्रो देब्रे साईटको बेन्चमा तेस्रो लाईमा बस्थि, बिचमा | ऊन्को छेऊमा मारिया,सरिता र अरु पनि  हुन्थे |
मोटी सरिता पनि थि | मसंग तेती राम्रो सम्बन्ध थिएन | किन हो था भएन, हामी दुबै अलिक अर्कै खाले थियौँ केरे | दिलु,उर्मिला,शुकु क्लॉसका टेलेन्ट, उनीहरुचै हाम्रै लहरको फस्ट बेन्चमै बस्थे, देब्रेपट्टि | सबैसंग राम्रै रिलेसन थियो मेरो पनि | सबै मिजासिल पनि थिए |
पुर्सोत्तम पनि टाठो नै थियो | म चैँ मध्ययम |
रातभरिको फोनगफले निदमा झुपुझुपु त कति हुने कति, जेनी कैलेकॉही मलाई सुटुक्क चोर नजरले हेरूरहेकि हुन्थि, म चैँ सरितासंग बोल्ने निऊले उसंग ऑखा मिलाऊथे | तर कसैले पत्तो पाउन सक्थेन | टप सेक्रेट | शंका गर्ने क्लॉसमा कोही थिएन | हाम्रो प्रेमकहानी न जेनीले सेर गरि न मैले ! कलैले था पाएनन | सेक्रेटमै रह्यो कलेजमा |
केटीहरु पनि तेती गोपनियतामा हुदॉ रैचन भन्ने मैले कल्पनै गरेको थिईन | तर मैले बिस्वास गरे |
केटीहरु प्रेमको मामिलामा सेक्रेट  हुँदा रैचन | अरुमा के हुन्चन त्यो था भएन |

कलेजको पैलो बर्ष सकिने तरखरमा थियो |
जेनीले एऊटा प्रपोज भन्नु छ तपै र म भेटुम न एकछिन भनेर फोन गरेकि थि  | मैले हुन्छ भने | ड्यामसाईड जर्मन बेकरीको रुफटफमा भेट्ने कुरो भएकोले म तेतै गएँ |
एक-एक कप मिल्क कफि र टोस्ट विथ ह्याजबोन पटेटो अडर गरेकि रैछ |
कुरा सुरु भो |
म डराएको थिएँ, केपो भन्ने होला भनेर |
न क्यै मेरो सोचभन्दा फरक निर्णय सुनाऊन त हैन,? भन्ने खुल्दुलिले मलाई पोली रहेको थियो |
हुन पनि जेनीको घरमा बिहेको कुरो चलिरहेको थियो भनेर अस्ति मात्रै भन्दैथि |
मुटु बेतोडले धड्किरहेको थियो मेरो | चेहेरामा डरमिश्रित भाव सहजै देखिन्थ्यो |
'हजुर्को के छ जीन्दगीको प्लान ?'
सोधि हालि |
म स्पिचलेस भएँ |
केही भन्ने ऑटनै थिएन म संग |
बिना प्लान मै थिए पोखरा...


सेतो कपमा भरिएको कफिलाई ओठमा सुरुप्प पारि ऊसले | कपको टुप्पोमा लिपिस्टिकको रातो डाम बन्यो | लोभी मन |
त्यै बेला मलाई जेनिले पिऊने कपको कफि बन्न मन लाग्यो, तर नजर जुधाऊनै सकिन |
अन्तै हेरिरहेँ , माथितिर ....
निश्तब्धतालाई तोदडै सोधेँ |
दह्रो बने भित्रै बाट र पुकार गरे मनमनै केहि अफ्ठेरो नपरोस भनेर |
'अँ तिम्रो प्लान भन न त !'
'हजुर्ले साथ त दिनुहुन्च नि ?' एउटा गह्रौँ प्रश्न तेर्शियो |
ला ! म लुत्रुक्कै परेँ | के हो ? के भन्ने ?
मेरो दिमागमा त जेनीले बिहे गर्नि प्लान बनाएर पो बोलाकि रैचन भन्ने घुमि गो |
म चुप !
'पैले भनन'
'पैले बाचा गर्नुस अनि भन्चु ' |
मुखमा हालेको टोस्ट घॉटीमा छिर्नै गार्हो भो मेरो | केही अड्किए जस्तो भो |
दिमागका तन्तुहरु ऊछिटिएलाझैँ रफ्तारमा तिनिक-तिनिक भो मेरो | एक लिप कफि पिएँ | पिऊँन मन त पानी हो | तर कफि पिएकाले कम्बिनेसन बिगार्न सकिन |
ऑखालाई चारैतिर घुमाएँ | रानीबन देखिन्त्यो ताल पारीको | केही रुखहरु हल्लिरहेका थिए मन्द |अगाडी बाटोमा केही गाडीहरु दगुर्दै थिए | मेरो ध्यान केन्द्रित हुनै सकेन जेनीको प्रश्नमा |
'लु किन डराको ?'
ठिकै छु को भावमा भने 'छैन' |
बाचाको कुराले झन अफ्ठेरो भैरको थियो मलाई |
अर्को लिप कफि सुरुप्प पार्दै हातमै कप राखेर थोरै मुस्कान निकाले अनि भने 'प्लिज' !
जेनीले बॉधिरहेको कुरोको पोको फुस्कियो |
***
महेन्द्रपुलबाट अलिक तल, नयाबजारको बाटो |
छेऊमा गहिरो सेति नदी | तर देखिन्न प्रश्ट | बाक्लो झारले पुरै वारपार ढाकिएको जस्तो देखिन्छ | भेऊ पाऊन गरो छ, त्यॉ नदी छ भन्ने नै | त्यसैको भित्तोमा टॉसिएर बनेका छन घरहरु | त्यो मध्यको एऊटा घरको दोस्रो तल्लामा छ किंग्स ईन्सिच्युट | हो त्यै अपिसमा आ-आफ्नो सर्टिफिकेट लिएर जम्मा गरियो, जेनीको प्लान अनुसार हामी दुबै IELTS प्रिपेरेसन क्लॉसमा भर्ना भयौँ र बनायौँ सपना जीन्दगीको युरोप या अष्ट्रेलिया जाने र ऊतै सेटल हुने | अंग्रेजीमा जेनी टाठी | म त गॉऊको सर्कारी स्कुलबाट हुर्केको, मध्ययम थियो मेरो नि |
पुरै कोर्समा घोटियौँ | काठमान्डौपोस्टको ग्राहक बनियो त्यैबेला | टफ टफ ओर्डहरु रटियो | रिहाना, काती पेरी,एभ्रिल लेभेगीं, केईसा,ब्रेटनी स्पेएर्स, टेलर स्विफ्ट,      ईमिनेम, लेडी गागा, जोन ईल्टन, ब्रायन आदम्स, बोन जोभी, पिट बुल, एकोन, जेम्स ब्लन्ट, शाकिरा र अरु धेरैका अँग्रेजी गीतहरु सुन्ने बानी बने | सिएनएन, बिबिसी र स्पोर्ट्स च्यानलमा आऊने कमेन्टटेर र मुभि पनि अँग्रेजीनै ....
हिन्दी नेपाली च्यानल त हेरिएन समाचार बाहेक |
पढियो, तोडले |
काठमान्डौ पुगेर दिनु पर्ने ईक्ज्याम IELTSको त्यो बेला | बडो असहज हुने ईक्ज्याम | डरले मुटुको तेज बड्ने | एकै मिनेटमा तुरतुरी पिसाब आको झै लाऊने | डर त कति हो कति ! रिडिगं, राईटिगं र लिस्निगं | दिईयो ईक्ज्याम पनि |

जेनीले जर्मन बेकरीमा IELTS पढ्ने भन्ने बित्तिकै म आत्तिएको थिएँ |
पड्न त पड्ने तर म जस्तो गरिब ८/१० लाख खर्च कॉबाट निकाल्नु ? पहाडमा रहेका बा आमा संग हदै भए २/५ हजार होला, म त पढाई खर्च पुर्याऊन सानो जागीरमा छु | म अनकन्याएँ पैले | तर जेनीले हौसला दिई मलाई | पास भए पछि ट्राई गर्दा लाग्ने खर्च र सेलेक्टेड कन्ट्री जॉदा लाग्ने खर्च मै बेबस्था मिलऊचु भनेकि थि ऊसले | तर जाने बेलामा बिहे गरेर जाने |

रिजल्ट आएको दिन मलाई जेनीले फोन गरि | म तनाबमा होमीए | क्यै गर्न र क्यै बोल्नै मन लागेन | कता भागौँ झैँ  भयो |
बेलुका जेनी मेरो रुममा नै आईछ |
म निन्याऊरो भएर बसेको थिँए |
ऊ दंग !
रिजल्टको नतिजा ६.५ हामी दुबैको |
दुबै जना पास |
तर मेरो मन पिडाले भरिएर आयो | ऊसले सम्झाऊने कोशिस गरि धेरै बेर |
बॉकि डकुमेन्टको तयारीमा  लाग्न पर्ने भयो | तर अँह मेरो मन पटक्कै मान्दैन |
मेरो प्रेम मैले लुकाएरै राखेको थिँए सबैसंग | एकाध क्लोज फ्रेण्डबाहेक घरमा पनि भनेको थिएन मैले |
म पहाडे बाहुन | जेनी पोखराकी गुरुगंनि |ईन्डियन सेनेमा थिए ऊस्को बाबा | बजारमा घर थियो |

स्ट्रिक परम्परामा चलेको मेरो परिवार | मेरा बा अर्को जातको कुरा सुन्नै सक्नुहुन्न | ऊमेरको उत्तरार्धमा बाआमाको एऊटै आग्रह थियो मसंग | तल्लो जातसंग बिहे नगर्नु |
मैले हिजो घरमा फोन गरेँ र भने सबै कुरा | जेनीको सम्बन्धको बारे |
बा बोल्नु भएन म संग | आमा रुन थाल्नु भो | बा आमा या जेनी रोज्ने दोधारमा परे म |
घरको भाव थियो तेरो बिचार गर तर गुरुग्नि लिएर चै हामी भाठौँ नदेख्खिनु भन्ने | यो त कसरी सम्भव छ, म त बा आमालाई छोडेर अलग्गिन सक्दिन | हो ऊनीहरु रुढ छन | तर मेरो खुसीको लागी त जस्तो पनि कठिन परिश्रम गरेर मलाई हुर्काएका हुन | जन्मदिने रोजौँ या जेनी !! कस्तो संकट ?
म परम्पराको बिरोधी हुँ | तर समाज र परिवारको बिरोधी बनौँ या मेरो प्रेमको ? जटील भुमरीमा फसे |
मैले एऊटा रोज्नै पर्ने थ्यो |
मैले मेरो दुधको भारा आमालाई रुवाएर तिर्न सक्दिन | जुन मेरो निर्ण़यले रुवाऊने निश्चितनै थियो | हामीले झै ऊनीहरुले नि पढ्न र जान्न पाभए ईन्टरकास्टमा प्रबलम हुने थिएन | जमाना तेस्तै थियो तेही सिके | हाम्रोमा हरेक बाबुआमाको र समाजको चाहाना हुन्छ अर्को जातमा छोरो या छोरीले बिहे नगरोस भन्ने |
अन्त्यमा जेनीलाई मैले सरी भने |
जेनीले बेस्सरी गाली गरि | जेपिटी बोली त्यो सॉझ | रोई | चिथोरी मलाई | गुरुगंनि हो, रिसाको दोखेको थिएन मैले पैले | थाकेपछि फेरी सम्झाई | फेरी गाली गरि |
धेरै बेर रोई ऊ | मैले नि सम्झाऊन सकिन | म पनि त पिडामा थिएँ | मेरो बाध्यता बुज्नु पर्ने कुनै कारण देखिन ऊस्ले | फगत एकोहोरो फोहोर गाली गरि |
मन हलुगों नहुन्जेल रोईरही |
त्यो सॉझ म अपराधी बने | एऊटी केटीको अगाडी लाचार, नामर्द | फगत एऊटा स्ट्याचु बने बेकामको |
मन त मेरो पनि मानेको हैन | तर मैले धोका दिएँ प्रेमको | मेरो सबै प्रकृयाहरु नाटक भए |


मैले सम्झाऊने ठॉऊ पनि थिएन | म आफै बिरक्त थिएँ त्यो डिसिजनले | केबल मैले 'सरी' मात्र मागे |
मलाई नहेरीकन बाहिरिई ऊ | ढोका ड्याम्म फोरुँलाझै पारी | मैले बाईकमा पुऱ्याईदिन्छु पनि भन्न सकिन | कस्तो कठोर मन मेरो ! कति स्वार्थी ! कस्तो धोकेवाज !
त्यै सॉझदेखी छुट्टियौँ, 'हामी' बाट 'म' बन्यौ दुबै |
जीन्दगीमा पैले धेरै ईक्ज्याम दिइयो तर अब जीन्दगीले ईक्ज्याम लिने बेला भएछ केरे, जेनी गको पर सम्म हेरे मैले !अँह फर्केर हेरिन ऊसले मलाइ,,,,
मेरो ऑखाबाट नि तरलता बग्यो !
***
चार बर्ष पछि ...

डिग्रि गर्छु अब भनेर किर्तिपुर गएँ आज |
टि.यु.को लाइनमा खडा भएर यसो हेरे पछाडिको लस्कर बा..बा... !! कति लामो ??
मास्टर गर्न फारम भर्नेहरुरो ओईरो थियो |
बेरोजगारहरुको लाम | अनप्रोडक्टिभ स्टडी |
सेमेस्टर बिबादले भर्ना प्रक्रिया लफडामा फसेको थियो | लामो कुरा बुज्न मन लागेन | फरक्कै फर्के त्यॉहाबाट |
भाडावला कुटिमा आएर यसो जुकरबर्गको किताब साइन इन भो ।
एऊटा अनएस्पेक्डेट युजरबाट म्यासेज
'हाई' आयो,,,
बडो कौतुहलतामा परे म |एकैछिन सोचेर बसे |
र मैले पनि रिप्याएँ 'हाई, हाऊ यु ??'
ल्यापटपमा हरियो थोप्लो टिल्पिलायो बिप आवाज दिएर, सामान्य हालखबर र दैनिकिका बारे गफ भए |
...टाईपिगं मेसेजको संकेत दिएको लामो समयसम्म म ईन्बक्स हेरिरहे तर टाईपिगंको संकेत मात्र थियो, केही लामै मेसेज लेख्दै होलीन भन्ठाने |
 'आजकाल तिम्रो जीवन नेपाल जस्तै भा'रैच,,,,तिम्रा सपना काठमाण्डौको धूलोमा कता बिलाए शुनिल....?'
म स्पिचलेस भएँ |
किन मेरो बारेमा यो भनिदै छ, म सोचमग्न !
साएद मेरो वाल सर्सर्ति नियालेर एकै पटक ओकलिन केरे | मेरा पिडाजन्य स्टाटसहरुको जायज प्रश्न पनि |
एक छिन स्तब्ध भएँ,,,,  चार बर्ष अगाडीको यादहरुले झकझकयो एकैछिन,,, आफ्लाई सम्हाले ।
***
उनी मलाई सधै भन्ने  गर्थिन 'शुनिल'हामीले मिलेर केहि गर्नु पर्छ ......जॉऊ बिदेश संगै ?'
ऊनीले भनेका ति कुराहरु पनि मानसपटलमा ओहिरिए,,,
आज उनले अष्ट्रेलियाको मेलबर्नबाट यत्रो बर्षपछि पठाएको एउटा म्यासेजले मलाई पनि केहि बर्ष अगाडी धकेल्यो.....।
असन्तुष्टिका पोकाहरु खोलेर मलाई देखाई जेनीले |
म लाचार हेरिरहेँ ईनबक्स |
म एकाएक स्तब्ध भएँ ....!

'तिमी धोकेवाज हौ | हामी तेती बेला संगै आउन पाएको  भए  शुनिल.....'
एत्ति भनि ऊसले |
म किन गैन त्यो मेरो बिषय थियो | सायद तेसैले जेनीलाई पोलीरहेको थियो केरे |
मन भाबुक हुँदै आयो समाहाल्नै नसकिने गरि,,,,
IELTS सकेपछि मैले गरेको गल्तिबारे जेनीले निराशा ओकलि | मलाई पनि पश्चतापको भुमरीले अँठ्यायो | तर मनभित्रै दबाएँ टाढा कुनामा ..
तर त्योबेला  हिम्मत आऊनै सकेन मेरो |
मैले ऑट्न त परै जाओस सोच्न पनि सकिन तेतिखेर ..
डिसिजन गाह्रो थियो मेरो,जुन हामी दुबैलाई पचिरहेको थिएन |
मेरा सपनाहरु जेनीले भने जस्तै काठमाण्डौका गल्लिहरुमा भत्काइएक शडकका धूलो झैँ हावामा  बिना गन्तब्य उड्दैछन् अझै सम्म पनि  ....!
च्याटमा छोटो गफ भयो |
मैले साइन आउट गर्नु भन्दा अगाडी एऊटा फोटो आयो  जस्मा समुन्द्रको किनारमा जेनी र एऊटा अग्लो ह्यान्डसम केटो र ऊस्को कॉधमा एऊटी क्युट पुतलीझै  पोक्ची सानी छोरी र क्याप्सनमा लेखिएको थियो मेरो फ्यामिली.....
बिम्बमा म र जेनी संगै बसेको सम्झेँ पैलो डेटको गोधुली सॉझ ! पोखरा नाऊडॉडा ||

___________________________________१३ डि.२०१३


No comments:

Post a Comment