Saturday 20 June 2015

कथा : परिचय ।

                                          


दैनिकी !

फागुन को मैना ।
हिजो जस्तै आज पनि बिहानै बाहिरको मौसम रगिंन थियो ।
रुम बाहिर सिर्र पातलो हावा चलेर शितल छ मौसम ।
शितल बतासको  श्पर्श प्यारो हुन्छ बिहानी समयमा, तेसैले त म सँधै झ्याल खुल्लै राखिदिन्छु रुमको । घुमेको घर, वरिपरी बगैँचा छ । सल्ला र अशोकको बोट अग्लिएर मेरो रुमको झ्याल नजिकै आई पुगेको छ । जहाँ केही जोडा भंगेराहरु बिहनै गीत गाऊदै छन । म दोस्रो तल्लाको एउटा रुममा भाडामा बसेको छु । र झ्यालबाट उत्तरमा सुन्दरता भरेर टल्कि रहेको माछापुच्छ्रेलाई नियाल्दै छु । कति सुन्दर देखिएको छ हिमाल । शुर्यको पैलो लालीकिरण भरिएको हिमाल ।
हिमाल हेर्दै सुरु भएको मेरो बिहानी बिछ्यौनाबाट उठी सकेसि गतिशिल हुन्छ,अलिक फरक, साएद अरुको भन्दा भिन्न ।
मलाई फरकपन मन पर्छ । तर सचेत छु, मेरो फरकपनले अरुलाई हानी नहोस भनेर । मात्र आफुलाई फ्रेस राख्को लागी फरक भैदिन्छु म ।हर बिहान झैँ, आज पनि उठी सकेसि मुस्कुराएँ म, मेरो प्यारो ऐनासंग । म मुस्कुराऊदा मेरो प्रतिबिम्ब पनि मुस्कुरायो । मेरो दिमाग अनि मेरो हृदय पनि ।
जब हृदय र दिमाग फ्रेस हुन्छ तब दैनिकीको मजा बिछट्टै सान्दर्भिक हुन्छ, र म मेरा संगतमा रहेका साथीहरुलाई पनि मेरै तरिका सुझाउछु ।
र मेरा लागी भए पनि सकारात्मक रहने प्रण गर्छु ।
त्यसैले भन्ने गर्छु, हर बिहान एउटा सम्भाबना बोकेर आएको हुन्छ हाम्रो माझ । चिन्न सक्ने नसक्ने खुबि हाम्रो हो ।
अँ, म बिहानीको कुरा गर्दै छु ।
बिदा बाहेक चलिरहने मेरो कलेजको घटना सुनौदै छु । र यो दिनको अलिक नौलो घटना म पोख्दै छु अक्षरहरुबाट ।
***
बिहानी सत्रको कलेज भएकोले, कटन प्यान्टमा सठ र टुईटको निलो कोटभित्र ऊनीको मफलर लगाएर ठाँटिए म सदा झैँ । कलेज जानको लागी रुमबाट बाहिर २मिनेट जतिको छोटो बाटो छिचोल्नु मेरो  दैनिकी नै हो । आज पनि तेसै गरेँ र बस स्टपमा पुगेर रोकिएँ । वरिपरी मानिसहरु र प्राय बिध्यार्थीहरुको सामान्य भिड भैसकेको थियो । एकैछिन पछि छोरेपाटन हुँदै गाडी आयो बेस्करी हुईकिएर, अनियन्त्रित अबस्थामै रोकियो अलिक पर । गाडीको सिट पुरै भरिएको थियो, बिध्यार्थीहरुको चापले गर्दा सिट पाईदैन प्राए, त्यसैले भरिएकै गाडीमा चडे म । खोरमा पशु झै भरिएका सबै, अब्यबस्थित कोचाकोच खाँदिएर । त्यै पनि खलाँसि 'अलि पछि जानुस' भनि रहन्छ, यध्यपि खुट्टो पाईलो हाल्ने सानो ठाँउ पनि खाली हुन्न गाडीभित्र अझै भिडमै जबरजस्ती घुसेर 'भाडा पाउँ त' मात्र भन्न जानेको हुन्छ ।
जिन्दगीमा अगाडी बढ भन्ने धेरै हुन्छन तर पछाडी जा भन्ने चै खलाँसी मात्रै होलान । हरेक दिन मैले सुन्ने उसको आवाज एकै छ ।
एउटै शब्द घोकेको छ उस्ले । सधैँ 'अलि पछि जानुस त' मात्रै भन्छ उ ।
तेसै गरि गर्नु पर्छ सँधै यात्रा । प्रत्येक बिसौनिमा एउटा कर्कश आवाज बज्छ, गाडीको ढोका छेउ र पछाडी भागमा हत्केला धेरै पटक धापिएको हुन्छ खलाँसिको, ढ्याक-ढ्याक,ढ्याक-ढ्याक !

आज पनि पृथ्वीचोकमा धेरैबेर रोकियो गाडी । सबैलाई दिक्क लागेको भान भैरहेको थियो । प्राय बिध्यार्थीहरुका कानमा एरफोन घुसिएका र आफ्नै धुनमा मस्त भैरहेका हुन्थे ।
म बिरौटाबाट प्रतेकदिन तेसैगरि यात्रा गर्ने यात्री हु । बिध्यार्थी ।
पोखरा बगरमा रहेको नेपालको ठुलो  र धेरै बिध्यार्थी सङ्ख्या भको पृथ्बीनारायण क्याम्पसमा अध्ययनरत । बिरौटा बाट बगरको स्टडी यात्रामा हुन्छु म । मलाई समयमै कलेज पुगेर क्लाँस लिन पर्छ नत्र छुटेको अध्यापन दोहोरिन्न प्रफेसर बाट । र प्रोफेसर भन्नुहुन्छ समयको गति नाप्नु पर्छ । समय ब्यबस्थापनामा चुक्यौ भने जिबनबाटै बिस्तारै ओरालो लागिन्छ । तर पनि म जस्तो निम्न बर्गीय स्टुडेन्टको लागी बचेको समय पनि पब्लिक बसले चुसिदिन्छ । जति म्यानेज गर्चु भने पनि ढिलो त भै जाने । 
झन आज त बिहानको ६बजेर१५ मिनेट गैसकेको थियो पृथ्बीचोकमा । बल्ल बल्ल ड्राईभरले घर्याक्क गाडी स्टार्ट गर्यो । 
६:३०मा पहिलो क्लाँस सुरु हुन्छ ।
महेन्द्रपुलमा अर्को बिसौनि बाँकि नै छ झन ।ढिलो हुने पक्का भैसेको थियो । सभागृहचोक भन्दा माथी न्युरोड हुँदै नगरपालिकाको रुट भएर बेतोडले गुडिरहेको छ गाडी । हामीलाई छिटो पुर्याउने भन्दानि अगाडी कुनै अर्को प्रतिष्पर्धी गाडीले पेसेन्जर नउठाईदिउन भनेर । गाडी फुल प्याक थियो । म एउटा हातले ढोकामा रहेको ह्यान्डल समातेर मुस्किलले अडिएको थिएँ । खुट्टा अर्कैको खुट्टमा अडिएको थियो । नगरपालिका गेटै छेउमा एउटी केटीले ईशारा दिई । गाडी रोकियो त्यो केटी नजिकै   । म ओर्लिएँ र अरु एक दुई पनि ओर्लिए । केटी चढि ।म लगायत ढोकामा झुन्डिएका अरु दुई पनि चढ्यौँ फेरि।  ढोकामा झुन्डिदा हात गलेर लथ्रक्क परेको थियो ।भर्खर चढेकि केटी मेरो छेउमै असहज मान्दै एउटा खुट्टा भित्र हालेर अर्को बाहिरै झुन्ड्याउदै अड्डिई, एउटा हातले बाहिरको ह्यान्डल समातेर । भिडको कारण म संग लपक्कै टाँसिएकि थिई उ । मैले कोटीमान्छे तेसरी झुन्डिएकोले गाह्रो होला भन्ठानेर भित्र मुस्किलले अड्याएको मेरो खुट्टा निकालि दिएँ र उस्लाई भित्र जान ईशारा गरे । उ भित्र छिरि हल्का चेपिदैँ । अनि खुसि भई । म बाहिरै परे । चिप्लेढुङ्गा सम्म आईपुग्दा म लथ्रक्कै गलिसकेको थिएँ ।
चिप्लेढुङ्गा र महेन्द्रपुलमा केहि मानिसहरु उत्रै पछि गाडी सामान्य खाली भो । उभिएकाहरु धेरै रहेनन् अब । महेन्द्रपुल बिशालबजारको छेउमै रहेको स्टपममा गाडी रोकियो फेरी । म गाडी भित्रै भएकोले खाली सिट हेर्दै थिएँ । 
पछाडी सिटमा नगरपालिका बाट चडेकि तेही केटि बसेकि रैछे । उस्को छेवैकोअर्को सिट खाली  थियो । म पछाडी सर्दै सर्दै  लास्ट सिटको छेउमै पुगे । एकैछिनमा मेरा अगाडी पुरै भरिए फेरि यात्रुहरु । पछाडी एक सिट खाली भएकोले म भन्दा अगाडीकाहरुले मलाई सिटमा बस्न भन्दै थिए, तर केटि छेउमै भएकाले अड लागिरको थियो मलाई । न्युरोडमा चढेकि उस्लाई ढोकामा झुन्डिन अफ्टेरो हुँदा मैले भित्र छिर्न सहयोग गरेको थेँ । तर उस्को छेऊको खाली भएको सिटमा पनि बस भन्न सकिन । केटीको जात निश्ठुरि हुनेरैछ भनेको सत्ते हो रछ भन्ने भान भो । यस्तै यस्तै भन्ठान्दै पछाडीको खाली सिटमै बस्छु भनेर गएँ म, केटी छेउ ।  उ अलिकति सरेर बसि । नछोए हुने झैँ गरि । 
हल्का कोल्टे पारी शरीर । झ्यालबाट पर कता हेर्दै थिई । बेला बेला गाडीमा ब्रेक लाग्दा एकआपसमा ठोकिन्थ्यौ हामी । निधार खुम्च्याउदै हेर्थि मलाई ।अनायसै ठोक्किनु मेरो चाहाना हैन भन्ठान्थि केरे,हाँस्न खोजेर नहाँसे जस्तो देखिदैँथि उ ।
नदीपुरबाट बगर पुग्ने ओरालोमा केही खाल्डाखुल्डि भएकोले बेतोडले गुडिरहेको गाडी ब्रेक हानेर स्लो बनायो ड्राईभरले, ब्रेक लाग्दा धकेल्लिएर मेरो पुरै ज्यान कब्जा गरेर अढेस लाग्न पुगी उ र सम्हालिदै 'सरि' भनि ।
म मुसुक्क मुस्कुराँए । मेरो मुस्कानको रिप्लाई गरिन उस्ले। आबश्यक पनि ठानिन होला । मौन नै बसि ऊ ।एकोहोरो पारी मनिपाल हस्पिटल तिर हेरिरहि गुडिरहेक गाटीबाट।
पिएन क्याम्पसको गेट अगाडी गाडी रोकिए संगै सबै झरे । म पनि र त्यो केटी पनि झरि । गेटबाट एकैसाथ छिर्यौँ हामी क्याम्पस ।  ६:४५ भै सकेकोले म अलमल नगरि क्लाँस तिर खुट्टा लम्काउदै थिए । उ मेरो पछि पछि आउदै थिई । म अलिक हतारिदैँ हिडेर होला उ भन्दा केही कदम अगाडी थिएँ । पछाडी आउदै गरेको उस्को चाल सुन्दै अगाडी बढिरहेको म ढक्क रोकिएँ,
जब उस्ले भनि "काँ पुग्ने हो र, हामी पनि पड्नै हिड्या हौँ केरे ?"
स्वबियु भवन पुग्दा ६:५०भैसकेको थियो ।
प्रशासनिक भवनको पछाडी बिल्डिगं नेर थियो क्लाँस रुम ।
म के बोलु के बोलु भएर अड्किएँ । 
'अँ अलि ढिलो भो त्यसैले ' ।
'कुन लेबलमा पड्नुहुन्च नि' पहिलो प्रश्न सोधी उस्ले, मानौ सोध्ने पर्ने थियो उस्लाई त्यो ।
'मास्टर प्रथम बर्ष ' ।
'कुन सब्जेक्ट हो नि ?' अब झन गफिने मुडमा पुगी उ । 
'मेरो मेजर अँग्रेजी हो' फर्काएँ रिप्लाई ।
छेउछाउतिर अरु पनि झ्याम्मै थिए बिध्यार्थीहरु ।
पुटुक पुटुक चप्पल पड्काउदै मलाई भेट्टाउन आइसकेकि थि उ । स्वबियु भवन अगाडीको बास्केटबल कोर्ट नेर पुग्दा उस्ले भेटी मलाई । र भनि 'कति छिटो हिड्नु हुँदो रैछ है हजुर त !'
म अड मानेर हिड्दै थिएँ । साथमै आईपुगी उ पनि । कतै नहेरि हिडेको म एक्कासि रोकिएँ ।
'हेर्नुस त केको भिड रहेछ त्याँ ?' चोर औँला तेर्स्याएर क्याम्पस प्रशासन तिर देखाउदै भनि उस्ले ।
परैबाट देखियो । 
क्याम्पस प्रशासन नेर भिड ठुलै रहेछ । हल्ला पनि भै रहेको थियो । 
'बिध्यार्थी संगठनको आन्दोलन चल्या जस्तो छ'
मैले भने ।
उस्ले निधार नचाउदै उम्  गरि ।
कलेजमा पढाई नहुने पक्का सिन देखिदै थियो ।
मुखलाई निन्याउरो बनाएर तेतै भिडतिर हेरिरहि उस्ले पनि । 
स्ट्रेट गरेका उस्का कपाल बिहानी मन्द हावामा बिस्तारै एक,एक गरेर हल्लिदै थिए  । ओठमा हल्का लाईट लिपिस्टिक थियो । बेला बेलामा आफ्नो दुबै ओठ जोडेर एताउति चलाउथी ।
पातलो बैजनी रंगको जेकेट लगाएकि र आफ्नो हात पकेटमा भित्र घुसाऊथी बेला बेला ।
फ्र्याँकं खालकि रैछे उ । छोटो कुराकानिमै अनुमान लगाएँ मैले । मोबाईल निलो जिन्स पाईन्टको गोजीमा रेटेन्गुलर साईजमा आकृत देखिन्थ्यो ।
टाईट पाईन्टको गोजीमा मोबाईल राखेर हिड्ने फेसन झैँ थियो । टपक्क टासिएको थियो ।
हामी दुबै जना अलमल्ल थियौँ । क्लाँस हुदैन भनेर धेरै बिध्यार्थीहरु फर्किरहेका थिए,हाम्रै छेऊबाट । र बचेकाहरु हल्ला गर्दै थिए ।
'अँ, अब के गर्ने होला, पढाई नभए त फर्कने होला है !' नचाँहदा नचाँहदै मेरो मुखबाट फुत्कि गो बाक्य । फगत चिनजान पनि नभएकि केटीसंग प्रश्न सोधेछु मैले ।
यध्यपि मन भित्र भित्रै अझै  बोल्न  मन थियो, अझै जिज्ञासा थियो तर रोके मैले । दबाएँ भित्रैै ।एउटा अपरिचित केटीसंग गफिन पाऊदा आजको बिहानी झन शुन्दर लाग्दै थियो । एकै झोक्कामा उस्को अफेक्सनले खिच्यो मलाई । बिपरित लिगीं संग आकर्षण हुनु स्वभाविक नै हो । म पनि आकर्षित भए एकैछिनमा । अनि धेरै गफ गर्ने मुड चल्यो । तर भन्न सकिन । उसो त हामीले परिचय  सम्म  गरेको थिएनौ ।
ठिकै कदकि, गोरी लाम्चो अनुहार थियो । चुच्चिएको नाक । कानमा टप लगाएकि थिई ।
नाकमा नथ्थि । मलाई नाकमा नथ्थि लगाएको केटी साँच्चिकै मन पर्छ । 
हामी एकआपसमा हेराहेर गर्दैथियौँ, बोलचाल नगरिकनै ।आँखामा उस्ले लगाएको गाजल केही बाक्लो थियो अलिक तल सम्म पोतिएको । म उस्को आँखामा नजर लाँउदै थिएँ । उस्ले नथापाओस भनेर बडो  सचेत भएर चियाउदै थिएँ। म अक्सर मेरो  पैलौ नजर केटीको आँखामा केन्द्रित गर्न खोज्छु । अनि उस्को बक्षस्थलमा ! उस्को नितम्ब पनि पुक्क थिए। म रसाँए । भित्र कता कता उत्तेजित बनेछु केरे । 
त्यै  बेला पुलुक्क हेरि उसले पनि मलाई । म पानी भएँ ।
'के हेर्नु भको नि ?' अलिक टर्रो बोली उ । 
म अक्क न बक्क  परे ।
के भन्ने, चोर रंगेहात समातेकि छ उस्ले । मैले पनि र भन्दिएँ  'तिम्रो आँखा एकदम राम्रो लाग्यो अनि हेरेको ।'
मुसुक्क मुस्कान फ्याँकि उसले । छातीमा नजर डुलाएर आँखा मनपरेको कुरोले कन्फ्युज भै होली र थोरै शर्माई, थोरै लजाई उ । छेउमै म पनि मुस्कुराई रहेको थिएँ माथी आकाश तिर हेरेर ।मैले उस्लाई फेरी हेर्ने हिम्मत जुटाऊन सकिन ।
त्यो छोटो समय जिन्दगिको प्यारो समय झैँ लागी रहेको थियो मलाई । तेतै हराउ जस्तो । कति मिठो । कति उत्साह !
सोचेँ, जब दुई अपरिचित मौन रहन्छन तब सम्बन्ध नया बन्ने सम्भाबना हुन्छ र जब दुई परुचित मौन हुन्छन सम्भन्ध भत्किने खतरा  रहन्छ । हामी पैलो मौन हौँ । नया सम्बन्ध बिकासका लागी मौन रहेका ।
'किन टोलाको,लब परेका मान्छेहरु टोलाऊछन भनेको सुन्याथेँ हजुरको नि परेको छ कि के हो ?'
अप्रत्यासित शब्दहरुको झटारो हानी उस्ले । म निशब्द भएँ ।
हावाकै तालमा हाँसि र भनि 'हेर त लजाको !'
मेरो मौनतालाई अर्कै परिभाषामा समेटी उस्ले ।
मलाई भित्र भित्र काऊकुती लागिरहेको थियो उस्का कुराहरुले ।
म भन्दा धेरै बोलीरहेकि थि । फरासिली स्वभावकि ।
मैले त्याँहा गफ लम्बाउन चाहिन । तेसो त मेरो गफ गर्ने धोको पुरा भएको पनि थिएन । र मैले 
क्यान्टिन जाने अनुरोध गरे उस्लाई ।
'भो नजाने, अब घर जानु पर्छ ।'
कुरो मोडियो । मेरो चाहाना दुबै जना संगै खाजा खाएर गफ गरौँ भन्ने हो । पैलो आग्रह नै लत्याई उस्ले ।
म थोरै निरास भएँ ।
अर्को आग्रहको जरुरी देखिन पनि र चुप भएँ ।
'कुनै दिन खाँउलानि हुन्न !' मैले नमिठो मानेको भेउ पाईछ केरे, सम्भावना देखाई उस्ले ।
मैले अमिलो मन पारेर 'ओके' मात्र भने ।
हुन पनि बिना परिचय भर्खर चिनेको केटी कसरि जान सक्छे त ? मनमनै चित्त बुझाएँ ।
अकस्मात भेटिएर क्लोज झैँ गफिदैँ थियौँ र पो मेरो नि हिम्मत बडेको हो नि, नत्र नबोलेको भए टन्टैसाफ थियो । बिथ्थमा मन बिथोली उस्ले ।
चन्चल मन न हो राम्री देखे उस्लाई र उस्कै छेउमै टोलाई रहे म पनि । उस्का गाजल भरिएको आँखा र पुटुक्क चुच्चिएको छातीले मलाई आकर्षित तुल्याई रहेको थियो अझै पनि।
तै पनि चोर नजर डुलाई रहे मैले ।
अब नपढ्ने कन्फम भै सकेको थियो ।
बाटो लाग्नु बाहेक बिकल्प थिएन । उस्ले नि जाने  कुरा गरिन, म पनि वाल्ल परिरहेको थिएँ । 'अँ साँचि तपैको नाम,चै के नि ?' निशब्दता तोडेर परिचय खोजी उस्ले । म सम्हालिएँ ।
हात र आँखाको भाकामा ओठले मिठो शैलिमा शब्द बाक्य बोलि ऊ । मानौ ति सोधाईहरु प्यारको सुचक हो, मायाको बोलाई हो,आफ्नोपनको बोलाई हो ।
हामी परिचय  नै नगरि उभिई रहेका थियौँ अझै त्यै ठाँउमा ।
मलाई मनभित्रै बाट टाढिन मन थिएन त्यो समय ।
म बाहाना खोज्दै थिएँ उस्लाई अलमल्याउने । झन उसैले परिचय मागिसकेसि म खुकुलो बने ।
'सुमन ।' मैले यत्ति भने ।
मलाई कुरा लम्बाऊनु थियो । तेसैले थर भनिन । ठाने पक्कै सोध्ने छे उस्ले । 
मैले ईशाराले हिँडेर उता सेतीको डिलतिर लाने प्रयत्न गर्दै थेँ उस्लाई पनि । म अलिकति लम्के तेतै । उ पनि संगै हिंडी म संग । गफ गर्दै हामी क्याम्पसको पछाडी चौरमा पुग्यौँ डिलमा ।
सेती नदी फराकिएर बगेको थियो त्याँहा तल । केआई सिं पुल हुदैँ तल गैरहेको सेती पिएन पछीडी फराकिएर बग्दै थियो । अचम्मको प्रकृतिक नदी । सानो खोँचमा एउटा लठ्ठिको आकारमा देखिन्छ कतै, भने कतै फराकिएर चौडा । पारीपट्टि मनिपाल हस्पिटल । वारी बगर १ पोखरा ।
हिद्डा हिड्दै डिलमा रहेको बेन्चमा बस्ने आग्रह गरे उस्लाइ ।
उ बसि र मलाई पनि बस्ने आग्रह गरि । एउटा साईडमा म र अर्को साईड ऊ बस्दा बिचको भाग खालि भयो ।
मेरो नामले उस्लाई परिचय पुगेको थिएन । र सोधी फेरी ।
'अरु नि भन्नुस न पुरै, के  !' मिठो लवजमा आग्रह सहित अपेक्ष्या गरि उस्ले ।
'सुमन भट्टराई ।'
'उमेर :२६'
'घर, सिन्धुपाल्चोक ।'
'बाबा र आमा घरमा ।'
'दाजु परदेश ।'
'भाउजु र बाबु हिमालिटोल पोखरा ।'
'म बिरौटा बस्छु ।'
'सिंगल छु ।'
'पढाई खर्च जुटौन होटेलमा काम गर्दै छु दिनमा' मेरो परिचय सुनेर एकोहोरो हेरिरहि उस्ले, र हाँसि सेतीलाई हेरेर ।
सेतीको तिरबाट आएको बिहानी मन्द हावाको झोक्कले उस्को कपाल बिस्तारै केस्रा केस्रामा बिभक्तिएर हल्लदैँ थे । मेरो परिचय सकिएको थियो तर उ अझै केही सुन्नलाई प्रतिक्ष्यारत झैँ थिई ।
'वाऊ,,,! कस्तो मज्जाले सबै भन्न भ्याको, नाईस'
यत्ति भनि ।
पालो उस्को थियो ।
मेरै कपि गरेर ओठ चलाई उस्ले । मिठो  गीत सुनेझै कान उ तिर कन्सन्ट्रेट गरेँ ।
'निशा...'
'निशा गौतम ।'
'घर जाल्पारोड पोखरा ।'
'बि.बि.एस गर्दै छु,यो लास्ट इएर हो।'
'ममी, म र बैनी संगै छौँ ।'
'दाजु, भाउजु र बच्चाहरु छुट्टै बस्नुहुन्छ नदीपुर ।'
'बाबा, बैनी ३बर्षको र म ६बर्षको हुँदा बित्नु भएको ।'
'म सानी थे, वहाँको धुमिल आबरण मात्र था छ । फोटोमा चैँ चिन्छु ।'
एक्कासि रोक्किई उ ।
भक्कानिई । बाबाको प्रसंग आऊने बित्तिकै आँखा टिलपिल पारी उसले ।
सानैमा बाबा गुमौनु पर्दाको पिडाले थिचिएकि रहिछ ।
मलाई पनि अफ्ठेरो महशुष भो ।
नजिकै थियौँ हामी । मैले केही बोल्नै सकिन ।
कस्तो नमजा लाग्यो ।
मेरो परिचयले दंग परेकि उ ऐले भक्कानिदै थि ।
के गरौँ के गरौँ भएँ म । घोप्टिएर घुक्क घुक्क गरेकि उस्लाई बिस्तारै उठाएँ र मेरो काँधमा टाउको राखेर कुममा थपथपाएँ । कसिलो हग गरे । मैले सहानुभुति पनि दिन जानिन  केरे । रोकिएन उस्को रोदन । उस्को बाबा प्रतिको अथाह प्रेम आँशुमा बगाई र आफुलाई पखाली केहीबेर । दादाले पनि भाऊजु बिहे गरे पछि छुट्टिएर बस्दा परिवारमा परेको पिडाले उसलाई भारी बनाएको रहेछ । संरक्षक बिनाको जिबन कठीन हुदो रैछ । उस्का रोदनले तेही ब्यक्त गर्दै थिए ।
केहीछिन पछि उस्ले मरो काँधबाट आफ्नो शरीर हटाई र 'सरी' भनि ।
स्वबियु भवन छेउ उस्लाई भेटदा आँखा र छाति हेरेर उत्तेजित बनेको मान्छे म एकाएक शिथील भएँ । आफुलाई बेकार लाग्यो आफ्नो हेराई ।
एउटा पिडाको ठुलो पहाड बोकेर मसंग बोलेकि केटीलाई स्वार्थी नजरले हेरेकोमा 'गिल्टी फिल' गरेँ । र मैले पनि प्रयश्चित गरे उसंग ।
'सरी निशा,हाम्रो परिचयले गर्दा तिमीलाई रुवाउन पुगेँ । मलाई माफ गर ।'
मैले घाँटिमा गुथेको मफलर निकालेर उस्को गालामा पुसिदिएँ । आँशु तरल थियो, एकै छिनमा ठोस बनिसकेछ, टाटिएर । आँखाको गाजल पनि बगेर गालामा कालो लतपतियो । मेरो हातबाट मफलर थुतेर आफै पुछि उस्ले,अनि मुसुक्क हाँसी फेरी । हाँसोमा अलिकति लाज पनि मिसाई उस्ले । रोदन पछिको छोटो हाँसो पनि कति प्यारो लाग्ने । 
केही स्टुडेन्टहरु हाम्रो तरिका हेरेर अनौठो मान्दै हिडीरहेका थिए । असहज लाग्यो मलाई पनि ।
निशा पनि थोरै पर सरेर  बसि ।
छोटो र अचम्मको परिचय भयो हाम्रो । अरु कुराहरु पनि भए । जिवनका भोगाईहरु पनि सेयर गर्यौँ हामीले । नजिग भएको फिल भयो, आत्मियता बढ्यो । एक भेटमा हामी अपरिचित बाट साथी बन्यौँ । परिचयको नौलो इतिहाँस भयो मेरो लागी ।
सामान्य परिचयको बाहानामा फ्लर्ट गर्ने योजना थियो मेरो । मैले हारे या मैले जीते ! थाहा भएन तर एउटा छोटो समयमा लामो कहानी भेट्टाएँ मैले ।
जिन्दगीमा केही भेटहरुले एउटा मिठो छाप छोडने रैछ । आजको निशासंगको भेट पनि तेस्तै रहन गयो मेरा लागी । केहिछिनको गफाई पछि छेवैको क्यान्टिनमा गयौँ हामी ।
चाऊमेन र चिया मगाई निशाले । मैले सुख्खा रोटीसंग तरकारी मगाएँ ।अरु गफहरु पनि जोडियो ।
कलेजका र अध्ययनका कुरा साटा साट गर्यौँ । र क्यान्टिन बाट निक्लिएर हिड्दै दुई नम्बर गेट सम्मन पुग्यौँ हामी । त्याँहाबाट झरेर बस स्टपमा आई संगै एउटै बस चढियो ।
निशा नगरपालिकामा उत्री म आफ्नै रुटमा लागे । जिन्दगिका गुजाराहरु टार्नु नै छ फेरी, कलेजलपछि सिदै नोकरी तिर लाग्नु थियो ।
निशाले दिएको फोन नम्बर मोबाईलमा सेभ गरेर फेरी भेट्ने र फोन सम्पर्कमै रहने बाचा सहित छुट्टिए म त्यो बिहान । बसबाट झरेर हात हल्लाई रहि निशाले ।प्रतिउत्तरमा मैले गाडीको शिशाबाट आफ्नो हात हल्लाएँ । 
***
साँझ निशाले एउटा म्यासेज पठाई ।
' गुड ईभिनिगं, खाना खानुभयो ?
मैले सिदै निशाको आवाजसंग कुरा गरे फोनमा ।
छोटो कुराकानी पछि फोन मै मैले शुभरात्री भने ।
निशाले मिठो आवाजमा फरक शैलीमा भोली भेटने बाचा सहित
'यो रातको शुभकामना !'भनेर फोन ह्याङअफ गरिदिई ।
        
                                  ------फाल्गुन१४,२०६९





























No comments:

Post a Comment