Sunday, 19 April 2015

कथा : पलाएनबादी



     जंगलको बाटो  थियो, ओरालो | बेतोडले दौडिरहेको थियो ऊ, हस्यागं-फस्यागं गर्दै | अलिक तल घर देखिन्थ्यो,आकृति उस्कै घरको हो | मनभित्रको तिब्र ईच्छा थियो होला घर पुग्ने र बा आमालाई भेटने | तर पुरा हुन सकेन | ४:३५ को बिहानी आल्रामले झसंग बिँउझियो ऊ |
सपना पनि बिपना झै झस्काउन आउने |
बिस्तारै शरीरलाई उठायो उस्ले र लामो हाई काट्यो मुखलाई कानसम्म च्यातेर | केहि खुम्चियो मुहार त्यो बेला | अमिलो बन्यो मुख |
सपनीमा ओराली झरेको राम्रो संकेत हैन भन्नि सुनेको हो उस्ले गॉउमा, सानैमा | तर उ झर्यो |आखिर सपनानै हो |

जीन्दगी अजीव छ| एकदिन यो ईहलीला त्याग्नु छ|
बिभत्श भविश्यको नक्शा कोर्दैनौ हामी मनुश्य | भावी जीवनका दिनहरु मिठास बुन्छौ र बॉच्ने शाहस जुटॉउछौ त्यै एकदिनको लागी |अचम्म लाग्छ कैलेकॉई त ! यि चराचर जगत्का कायापलट उन्नति देखेर |
सबै त कहॉ पो देख्नु र ? देख्या जत्ति पनि उदेक कै छ |
संसार दिन प्रतिदिन बदलिँदै छ | केवल नक्शा बद्लेको छैन पृथ्वीको, बॉकी सब परिबर्तन हुन्छ हर दिन | शृष्टीको नियम हो यो | समयको गति हो यो | हामीलाई नयॉ नयॉ किस्साहरु सिकाउदै अगि बडेको छ समय | कॉ सम्म हामी साथ बस्न सक्चौ तेस्को ग्यारिन्टी लिन सकिन्न |
जीवन बिसंगत छ | कतै पनि नमिलेको| साएद मिल्दैन पनि | बेर्थ हामी फिकर गर्ने ! हाम्रो जीम्मा नै हो फिकर गर्ने त | सोचाईहरु राम्रा कल्पना गरिन्छ र प नि छिनमै शहीद हुन्छन | ईच्छा,चाहना र रहरको पोकाहरु फुस्स फुस्किदिन्छन्  र बग्रेल्ति हुन्छन पलभरमा | बस, दु:ख र पिडाका कुईनेटाहरु रहन्छन हम्रा साथमा | केही खुसीहरु पनि मिल्छन,के गर्नु छिनभरमा धुमील भैदिन्छ र पो !
हो तिनै दु:ख र पिडाका कुईनेटाहरुबाट रोज्न र छान्न सक्नेले लिन्छन खुसी र सम्भावनाहरु अनि नसक्नेहरु,आफ्नो हिस्सा बोकेर लम्किन्छन जीन्दगीको यात्रामा ...|
एउटा यात्रा | मानौ ईच्छाईएको | मानौ आवश्यक्ताको | मानौ नियमको | मानौ यात्रा, मृत्युको |
शुनसान छ आकाश , हावा पनि मन्द वहने |यादै हुन्न, हावा कसरी सञ्चारित छ ? हाम्रो प्राण |हाम्रो हावा |हाम्रो जीवन | कॉ छ देखिन्न पनि | कसरी हामीलाई जीवन दिरको छ,अँह ! पटक्कै देखिन्न | सयौँ तर्कहरु दिन सकिन्च तर पनि हावा देखिन्न | र पनि छ | र पनि देखिन्न | कस्तो अचम्म ! छ पनि , देखिन्न पनि ! लाग्छ जीन्दगी पनि हावा जस्तै हो | छ पनि छैन पनि |
***
एकैछिनको एकाग्रता पछि छ्यागं भयो ऊ | रमेश | मध्य पहाडी जील्ला, काठमान्डौबाट पुर्बोत्तर | सिन्धुपाल्चोक हो उस्को घर |
हो ऊ भर्खर देखेको सपनाको कुरा गर्दै छ | सोच्दै छ, ओरालो झरेको किंचित राम्रो लागेन | ढोंगी बिचार हो यो र पनि मन मानेन उस्को | कदापि सकेन बुझाउन आफ्नै मनलाई पनि | यध्यपि चेतनाको उपल्लो स्तरका दर्शन छॉटेर धेरैलाई कन्भिन्स गर्न सक्ने खुबि राख्थ्यो | सपनिसंग बेमत्लव हुन सकेन उ | मानसिक रुपमा असरल्ल फिँजियो पुरातनबादी सोचाईहरु | संस्कृती र संस्कारसंग मानिसको सम्बन्ध जुगौ देखि निरन्तर छ र यो जीनको रुपमा स्थानान्तरित हुन्छन नया जीनको रुपमा,त्यसैले होला केही शंकाहरु सिद्दान्तले हल गर्न सके पनि मानसिक रुपमा हल नहुदो रैछ |
सपनामा ओरालो लाग्नु यथार्थ जीवनमा पनि ओरालो लाग्नुकै प्रतिबिम्ब हो | वा भनौ अवनतिको झलक | प्रगतिको बाधक |
रमेश आफैमा प्रगतिबादी हो | अझ माक्सबादी | रुढीबादी र ढोंगीबादी चिन्तनको बिरोधी | तर यि बिचमा रहेको अन्तरले उस्को हृदयमा तरंग मच्चायो आज |
र सबै सोचहरु पोको पारेर गएको थियो डिऊटीमा |

युएईको राजधानी आबुधाबी म्युनिसिपिलिटी, पब्लिक हेल्थ डिभिजनमा कस्टमरहरु जम्मा भैसकेका थिए|
र एऊटा मानिस अधिकृतको पर्खाईमा थियो |
"हेल्थ अधिकृतसंग भेट्न सकिन्छ ?"
आफ्नै भाषामा सोध्यो कस्टमरले |
उस्ले भन्दैथियो,दोकानको डेकुरेसन चेन्ज गरेको छु, यी फोटाहरु हेर्नुस | हो यसैलाई अप्रुभ गर्नु छ |
र उस्लाई भित्र पठायो रमेशले |
"तपाईको सहयोगको लागी धन्यबाद"भन्दै ,एकैछिन पछि बाहिरियो कस्टमर | ऊ बाहिरिँदा मुस्कान सहित फर्कियो | आफ्नो काम बनेकोले होला उस्को मुहारमा चमक भरिएको थियो | कसैले ल्याउने खुसी पनि ट्रान्सफर हुदो रैछ अर्को मान्छेमा | रमेशको मुहार पनि उज्यालो भयो | एका एक कस्टमरको मुहारमा छाएको चमक रमेशको मुहारमा साटियो | एकैछिन अघि सम्म सपनाको बेथाले पिरोलिएको उ मुसुक्क मुस्कायो |
मानिसहरु कसरि आफ्ना पिडाहरु लुसुक्क हृदयको कुनामा लुकाएर खुसी भर्न सक्छन ! रमेशलाई तेही सिक्नु थियो ,बॉकी |
सानैदेखि अभाबै-अभाबमा हुर्किएकोले होला पिडा र संघर्सहरु सहजै प्राप्त भको छ सम्पत्ति अंश झै | निम्नबर्गिय किसानको छोरो बचपनामा पलाउने अनेकन रहर र इच्छाहरु परिपुर्ति आफ्ना किसान बाबु आमाबाट नहुदा अभावमा गुज्रिएको हो उ | र त सानैमा प्रण गर्त्यो उस्ले , भबिश्यमा धनी बन्ने | उस्लाई न रहर थियो डाक्डर , पाईलट या इन्जिनेर बन्ने ! मात्र धनी बन्ने | दुईटै हातका नाडीमा ठुला ठुला डाईल भका चमचम चमक दिनेवाला घडी बॉध्ने | मटरसाईकल चड्ने र आफ्नि सपनाकि राजकुमारीलाई हुईक्याउने | पुलकित हुन्त्यो कैलेकॉई त मनमनै घिउका लड्डुहरु खॉदा बखत | यथार्थमा निक्लने बितिकै उही रमेश, गरीप | सदियौदेखि अभाबमा पिल्छिएको एक किसानको छोरो | जस्को घरमा बर्खभरि पेटभरि खानपुग्ने अन्न उत्पादन हुदैन र जवानीको शक्तीशाली ऊर्जाशील समय काठमान्डौका गल्लिहरुमा भारी बोकेर जीविका धान्न बाध्य श्रमिकको छोरो |

डिउटीमा आफ्नो जीन्दगीको फ्ल्यासब्याकमा हराईरहेको थियो रमेश | अर्को कस्टमरले रिसेप्सनको माथ्लो भागमा औँलाका मध्यभागले ठ्याक्_ठ्याक् पार्दा पो झस्कियो उ |
"तपाईलाई केही सहयोग गर्न सक्चु ?"
सोध्यो उस्ले कस्टमरलाई |
अँ, मलाई म्यानेजरसंग भेटनु छ | यो पेपर दस्तखत गर्नु छ, कृपया खबर गर्दिनुस न |कस्टमरले गरेको आग्रह बमोजीम ऊ भित्र पस्यो म्यानेजरकोमा |
म भित्र आउन सक्चु ? म्यानेजरले टाउकाको ईशाराले ओके भन्यो | साएद उस्लाई कसैसंग बोल्नु छैन | शुर्यमुखी फुलमा फल्ने दाना आफ्नो दुबैहातको बुढीऔँलाले फुटॉउन मस्त थियो हाकिम | अनि ऑखाकै ईशाराले किन,
के काम छ ? भन्दै मुख ऑ पारेर एऊटा दाना फुत्त मिल्कायो मुख भित्र र बिस्तारै चपायो |
हातमा भएको पेपर हाकिमको टेबिलमा राखेर फर्कियो उ रिसेपसनमा |
कस्टमरहरुको भिड हल्का बाक्लिएको छ | पिक-आवर पनि हो बिहानको १० देखुन मध्यान्न १२ बजेसम्म |
सबैको एपोईन्टमेन्ट मिलाएर फेरी आफ्नै स्थानमा बस्यो उ |
र ध्यान दियो हाकिमले खाईरहेको शुर्यमुखी फुलको फलदाना | कालो | फर्सिको बियॉ भन्दा पातलो र हल्का किनारामा सेतो भएको |
बडो स्वादले खाऊरहेको थियो हाकिम |
मुखमिठ्याई मिठ्याई कन |
रमेशले सोच्यो गरिपको जीन्दगी पनि तेही फलको दाना जस्तै हो | अरुकै लागी मिठो भैदिन पर्ने | अरुकै लागी काम गरिदिनु पर्ने | अरुकै लागी पोषण भै दिनु पर्ने | अरुकै लागी बस ! बोक्रा झै बाहिरिनु पर्ने र फ्याट्ट फुटेर गुदी भैदिनु पर्ने | नमिठो भए तिरस्कृत भएर मुखबाट बाहिरिनु पर्ने |
गरिपको जिन्दगी | या भनौ औषत नेपालीको जीन्दगी |
अझ देशबाट बाहिरिएकाहरुको जीन्दगी | त्यै दाना हौँ हामी, अरुको स्वाद |

अपिसरुममा कस्टमर घचाघच भरिएकोले होला केही हल्लाहरु गुञ्जीन थाले | पब्लिक हेल्थसंग सरोकार राख्ने अपिस हो यो | बिना प्रकृया दर्ता र स्वीकृति प्राप्त गर्न कठीन छ यॉ | गणितको शुत्र झैँ मिल्न पर्छ सबै कागजातहरु | सिस्मेटिक गभरमेन्टिगं |
बेकार लाग्छ कैलेकाहीँ त | हाम्रोमा पनि यस्तै भैदिए कति शुन्दर हुन्थ्यो प्राकृतिक छटाले सजिएको नेपाल ! सोचेर मात्रै भएन | गाली गर्न पनि चाहेन उस्ले | कसैलाई | न नेता,न कर्मचारी,न प्रशासन,न पत्रकार, न बेपारी न जनता ....!
एक पलाएनबादी न हो, गाली गरेर मन शान्त पार्नु ठिक ठानेन | गाली पो कस्लाई गर्ने ? निरुत्तरित छ उ | सिंगापुर बनौछौ भनेर गएकाहरु, झन प्रगति गर्न नसकेर पुराना झै भएकोले त पिडा भएको छ उस्लाई ..! त्यसैले त पासपोट बोकेर म्यानपावर धाई हुत्तिएको हो खाडी | उत्तर-आधुनिक समाजको नवदाश बनेर |

ठिक ११:५६ बजेको रैछ | घडी हेर्यो ऊस्ले | अपिसमा भिड तेस्तै थियो | भिडमा झन एक्लिन्छ उ | र याद गर्दै छ उसले देखेको सपना , ओराली झरेको |
रमेशले दिनभर मनमा ब्यानपख देखेको सपनाकै कुरो खेलायो | फ्रेस हुने एनेकन प्रयास असफल भयो आज उस्को |
आजको डिउटी पुरै निराष भएर सक्यो | र लाग्यो रुममा |

असरल्ल परेको ओछ्यान, सोहोरिएर एकैठामम्मा गुजुमुटिएको छ तन्ना | बिहान फुकालेका भित्री बस्त्रहरु पनि तेसै छन् | १२घन्टको डिउटी सकेर थकित फर्केको हो उ | जॉगर पटक्कै चलेन | डंग्रगं पल्टियो तेही ओछ्यानमै | क्लान्त !
र एसि खोल्यो |
रुममा अरु साथी आईसकेका थिएनन् |
एसीको चिसोले चस्व छुयो शरीर,तर अँह ! भित्री हृदय पटक्कै चैन छैन | ताप छ | कता कता पोलेको छ | थाहा छैन कसरी निभाउन सकिन्छ यो हृदयभित्रको ताप ?
तेतीनै बोला सम्झियो आफ्नी आमालाई | "कान्छा के खान्छस बाबु, तातो दुध खा त ज्यान फुर्तिलो हुन्च"
गयो अतित तिर
***
सानामा बडो चकचके | मिठोखान पर्ने | घरमा भएपो मिठो खाओस ! उस्को बाऊ काठमान्डौ खै कता तिर हो दशैँ खर्चको जोहो गर्न भारी बोक्न गएका थिए | बर्खाको खेतिमोलो गरि गोडमोल सकेसि गॉउका पुरुषहरु काठमान्डौ धॉउथे | केही पैसा कमाउथे | दशैँ खर्च जुट्थ्यो भनौ मैना दशएक दिन काम गरेसि |
जसोतसो दशैँ रमाईले बन्थ्यो | नयॉ लुगा हुन्ते केटकेटिका शरीरहरुमा | घर माटोले लिपिक्क पोतेर छ्याप्ने चलन थियो | माटोलेनै | रातो माटो | माटो खेप्न माथी उकालो हिडेर जानु पर्थ्यो धनलामाको बारीमा |
रमाएरै पुग्थे माटो लिन | दशैँको आगमनले सबमाै खुसीयाली छॉउथ्यो अझ भुराभुरीहरुमा | तेसैले भुराभुरीहरु पनि पुग्थे माथी धनलामाको बारी सम्म | हिडेर उकालो फटाफट लाग्दा नि १ घन्टा ट्याक्कै लाग्ने | दशैँको आगमनले थकाई नलागेकै भान हुनि |
मन रमाको बेला त न थकान ,न पिडा न दर्द, सबै कॉ हो कॉ भाग्ने |
सबैका घर रगिंन्थे दशैमा रातो माटोले |
दशैँ रमाईलो लिएर ऑउथ्यो | सकिदा त्यो रमाईलो पनि लिएर जान्थ्यो | फगत केहि निमेष जस्तै |
बगली भरी चिउरा हालेर रमाको थियो रमेश त्यो दशैँमा | बा ले ल्याईदिएको निलो आकाशे रंगको सट र निलो पोलिस्टर्को पॉईट लगाएर गॉऊ पुरै डुल्त्यो उ |
सबैले राम्रो भन्चन दशैमा नयॉ लुगा लगौदॉ | पुलकित हुन्त्यो उ | स्कुलका ड्रेस नै दशैँका नयॉ लुगा बन्ते केटकेटीका | र पनि  रमाईलो लाग्नि | तर, कैले याद गरेन रमेशले आफ्नो बाको थोत्रिएको कमिज सुरवाल जुन पछाडी छेतबिछेत भएर च्यातिएको  स्कोट !  सानामा आफ्नै ध्यान ज्यादा हुनि, आफै रमौन पाए हुनि, अरुको के वास्ता | कति खुसी समय | कति खुसी मन | पसिनाले निथ्रुक्कै भिजेर भारी बोकी कमाको पैसाले आफ्ना छोराछोरीको मुहारमा खुसी भर्न सक्नु र तेसैमा रमाउनु कस्तो हृदय ! बुझेन उन्ताका | बस, आफनो खुशीमा मस्त ! ब्यानदेखि बेल्का सम्म नफुकालि लाऊने नयॉ कपडा त | स्कुल ड्रेस | कम्ता मजा लाग्थेन त्यो बोला | तर उस्ले कैले याद गरेन आफ्नो बाउको थोत्रिएको कमिज र स्कोट | अँह, यादै भएन उस्की आमाको अर्धबैँसमै मुजा परेको अन्वार | र फाटेको चोली अनि  सुर्ति खॉदा प्वाल परेका फरिया |
जुन हरेक बर्ख फेरिदैनथ्यो | फरक दशैँ तर उही थोत्रा कपडा जुन कैएन बर्ष फेरिएको थिएन |
तर आज याद गर्दै छ रमेश | फिलिमका रिल झैँ घुम्दैछ उस्को अतित | घोच्दैछ बर्तमानले | पोल्दैछ हृदय | र छट्पटॉउदै छ उही असरल्ल परेको परदेशको बिस्तारमा , ब्यान पख देखेको सपना सम्झदै |

झोलामा थियो मोबाईल सेट | निकाल्यो | प्याट्रन घुमायो | अनि डाईलप्याड खोलेर थिच्यो टुच्च टुच्च आवाज दिदै  नम्बर डाईल भो घरको |
टुँर टुँर गर्दै गयो फोन |
आयो आवाज |
जुन सुन्नको लागी उ आत्तिएको छ ब्यानदोखि |
हेल्लो ...
बोल्यो उ |
"बा सञ्चै हुनुन्च ?"
"ए कान्छा पो रैछ, अँ बाबु सञ्चै | तिमी नि ?"
"म पनि सञ्चै छु |"
भनेन उस्ले, शरीर आराम छ तर मन ! अँह, छैन !
मनमा आराम भए शरीर पनि अटो आराम हुन्छ |
आफ्नो बेथा साटेन उस्ले |
बरु भन्यो "मलाई सबै राम्रै छ, तेता केछ सुनौनुस न "
"एता पनि राम्रै छ, भैँसी किन्न गाकी आथे बेच्दिने हो र कान्छा ?"
बा ले यो प्रश्न सोद्ने बित्तिकै
भक्कान्नियो उ | कता गडेझै भयो उस्लाई |
रोक्यो त्यो भक्कानुलाई | घिटिक्क निल्यो थुक | आठ दश पटक चिमचिम्यायो ऑखा | दबायो ऑशु | पुरुषत्वले दिएन झर्न | नत्र बग्थ्यो होला | माख्लो ओठलाई बिस्तारै टोक्यो दॉतले र रोकियो एकैछिन |
"अँ कान्छा के गर्नि होला ? घरमा दहीदुध भएन भने नि घॉटीबाट जान्न क्यै पनि यो डाम्नुलाई तेसै पाल्न पनि गारो |"
बाको प्रश्नले अनुत्तरित भयो ऊ | स्कुल र कलेज पड्दा त हर प्रश्नहरुको जवाफ लेखेर राम्रै श्रेणीमा पास भको हो | तर बेबहारिक प्रश्नहरुको जवाफ हुन्न यो त बेबहारबाटै हल हुन्छ | र भन्यो "तपैहरुलाई सहज भए पाल्नुस नत्र बेच्दिँदा भयो नि,मैले केभनुम र !"
"लु लु आमा सँ बोल" बाले फोन आमाको हातॉ थमाईदे |
"बाबु कस्तो छ तिम्लाई ?"
"मरो सबै राम्रो, सबै ठिक"
बनावटी उत्तर हो यो | जीवनमा सबैभन्दा बढी ढॉटिने जवाफ | उस्ले आज पनि बढायो ढॉटको संख्या | जे भन्न पर्नि हो त्यो भनेन | भन्न मन हो उस्लाई तर के चिजले रोक्छ थाछैन |
आमा मलाई दाश बन्न मन छैन, शरणार्थी बन्नु छैन, मलाई पलाएनबादी बन्नु छैन, मलाई सहनु छैन पिडा जुन हरदिन अर्काको देशका मान्छेहरु हामी माथी हुकुम जमाएर हामी माथी शासन गर्छन, म मुक्त हुन चाहन्छु |
यी धेरै उत्तरहरु मनभित्रै दबायो उस्ले र एउटा बनाओटी उत्तर फ्यॉक्यो आमालाई "मलाई सब राम्रो छ" |
संस्कार न हो | हाम्रोमा पिडा देखाऊने चलन छैन | पिडा र दर्दहरु त घुटुक्क निलेर दबाउन पर्छ | र देखाउनु पर्छ उधारो खुसि जुन कठीनसंग जोगाईएको हुन्छ |
"बाबु खानामा र स्वास्थेमा ध्यान दिनु, अर्काको देश !"
आमाले यत्ति भन्नु भो | ममता | मातृ हृदय, पोखियो |
जति ठुला भएर हुर्किए पनि नघट्ने कस्तो माया , कस्तो बिशाल हृदय ! तेसैले त आमा | तेसैले त बा !
तेसैले त अनायासै फुस्किन्छ मुखबाट कुनै झस्काईमा वा कुनै ठोक्काईमा,ऐईय्या बा ! एईय्या आमा !
आमाको प्यारभरि कुराले छताछुल्ल भो रमेश | भक्कान्नियो पुन: |
उता के भो देखेन | एता ऑखामा अडिएन तरलता | तरल न हो किन रोकिन्थ्यो | बग्यो | गालामा गोरेटो बनाएछ सानो र निमेषमै टाटियो |
बाले फोनमा आज पनि सोदे उस्लाई "कान्छा कैले आउछौ त" भनेर ?
यो प्रश्न दोहोरिएको छ फेरी | था छैन कति पटक सोधिनेछ अब ?
जुन प्रश्नको उत्तर पैलेई फिक्स छ | २ बर्षको भिजामा स्ट्याम्प लागेको दिनदेखी नै उत्तर बनेको हो प्रश्नको |
"न्यास्रो लाग्छ, बोलेर नमेटिने रैछ के गर्नु " भने उस्को बाले |
प्रबिधीको युग छ र पनि उचित अभ्यास नमिल्दा स्काईप वा भाईबरॉ कुरा हुन सक्दैन घरमा |
हिजोको राज्यले थोपरिदिएको गरिबीले गर्दा अनेकन पिडाहरु भोग्न बाध्य छन गॉउका मानिसहरु | किसान, मजदुर न हो कॉको एन्ड्रोईडवाला मोबाईल चलाऊन जान्नु, त्यै पनि नेपाली सॉवॉ बर्ण खुट्याउन नसक्नेले !
देशको सत्ता मोहमा लपक्कै घुस्रिएका नेताहरुले कसरी यो समाजलाई नयॉ बिकशित बनाऊलान र ? अझ निम्नबर्गको हितमा मर्ने कसम खाएर राजनीतिमा उदाएकाहरुले त धोका दिए र कसरी बर्गबिरोधी बनेर अस्ताए,सबै आफ्नै स्वार्थमा लाग्ने रैछन | देशको चिन्ता त बरु सामान्य मानिसररुले पो लिएका छन |
यस्तै कुरुप राजनीतिले गर्दा त भासिएको हो उ खाडी | चडेको हो पैलो पटक चिलगाडी |
"केमा टोलाईस बाबु ?"
बा को कुराले पो बिऊझियो रमेश र ठिकै छु को भावमा फर्कियो |
भन्यो "तपैको कुरा सुनेकोनि !"
"ल त ल बेलाबेलॉ फोन गर्दै गर्नु, सम्झदैँ गर्नु " यत्ति भन्नु भो बाले |
घराएसी गफ सकियो | भन्यो रमेशले " हुन्छ "
र  मन नलाई नलाई कन किचिक्क दबायो रातो बटन |
आयो टुँट,टुँट आवाज |

***
बल्ल मन हलुगों भएको छ रमेशको | घरमा कुरा हुन पाएकोले होला अनुहारमा केही चमक भरिएको भान भयो उस्लाई |
सॉझ पख हावा चल्यो | र गयो छतमा | उ बसेको ठॉउ चाईना क्याम्प हो | हजारौँ लेबरहरुको डेरा | ठुलो छ | कच्चा छ भवनररु | प्लाईले बाहिरबाट बारेको | तर डेकोरेसनले गर्दा राम्रै देख्छन् बाहिरबाट हेर्नेले |
सॉझ पर्दै थियो | हावा चल्दै थियो |क्याम्प नगीजै रम्बलका घारीहरुबाट उडन थाले रम्बलहरु | ऊ हेर्दै छ यि दृष्य रुमको छतबाट | हावाकै गतिमा उड्छन रम्बल पनि | एकैछिनमा खडा हुन्छ रम्बलका पहाड | र छिनमै बिलाउछ फेरी हावासंगै | पलमै |
हावा जता वहन्छ उतै रास थुप्रिन्छन, र बन्छ नौलो आकृती |  फेरी बन्छन | फेरी भत्कन्छन |
खेल झैँ लागीरहेको छ रमेशलाई यि सबै प्रकृया | बडो मोहक बनेको छ उ | र पर पर सम्म ऑखा नचाऊछ |
दिनभरको थकान एकै छिनमा भुल्यो उस्ले यो मोहक दृष्य हेरिरह्यो |
जीन्दगी पनि हावामा बनेको रम्बलको ढिस्को जस्तै हो |
अर्कै शक्तिको ईशारामा रम्बलझैँ थुप्रिएको छ धेरै युवाहरुको उर्जाशील जीवन खाडीमा ...|
***
रुमामा फर्कँदा मिलन,सुमन र प्रेम डिउटीबाट आईसकेका रैछन | लामा, कृष्ण बन्दु, राई र गोपाल नाईट गर्छन | भुवनलाई १हप्ता अगी नै अलेन पठायो कम्पनिले | बशन्त दाजु चै साऊदीको बोडरतिर छन | उनी पैलेई गकाहुन तेता | गीतहरुको एल्बम निकाल्चु भन्ते | ह्वाट्सएप र मेसेन्जरमा आफुले गाएका गीतका टुक्काहरु हामीलाई पठाईरन्ते |

केटाहरु रुममा आएर लन्द्रगैं पल्टेका रैछन आ-आफ्ना बिसतारामा |  दिनभरिको लामो डिउटीले भारी भएको ज्यान फ्याल्दिन्छन रुम्मा | सबै क्लान्त ! खानाको तयारी क्यै थिएन | सबै त आराम गरिरहेका |
रमेश पनि थपियो त्यैँ | अरु भन्दा केही छिटो आईपुग्छ उ बेल्का |
रुमबाट अलिक परतिर छन होटलररु | सबैले आलोपालो गरेर ओसार्छन खाना  | र संगै खान्छन सबै | मानौ एऊटै परिवार झैँ | पासपोटले जुराईदिएको थियो उनर्को नयॉ सम्बन्ध |
मिल्छन सबैजना | दाजुभाई बनेर बसेका झै |
दिनभर्का डिउटीका किस्साहरु साट्छन | कैलेकाही देशको चिन्ता पनि लिन्छन | र प्लिक्क स्वीच दबॉउछन लाइटको र सुत्छन सधै | एउटै सेड्युलमा |आज पनि खाना तेसरी नै खाए, प्रेमले ओसार्यो खाना | सुमनले ल्यायो तर्कारी |पत्रिका बिछ्याए भुँईमा, राखे प्लास्टिकका थाल, खन्याए खान्की र भरे गोजेरो | मिठो नमिठो कसैले केही भनेनन | बस खानु छ ,भर्नु छ पेट....|

नेपालॉ बस्नेहरु सोच्दा होलान, बिदेशमा झिलीमिली, रमाईलो | झकिझकाऊ | मोज | मस्ती |
तर यॉ सब्का सब बेर्थ छ |
मजदुर न हो | पेलिनै परो | हेपाई सहनै परो | कष्ट पिडा र दर्द त निलेर सखाप पार्न पर्नि | कसैको बिरुद्द चुँ पनि बोल्न पाउनु हैन |
तर बहुत खुसी पनि छन मजदुरहरु|
सानोसानो चिजमा रमाऊन सक्छन | मैनामा कठीनसंग प्राप्त हुने एकदिनको छुट्टिमा कम्ता खुसी हुदैनन् ! आफ्ना स-साना रहरहरु पुरा हुदा नि मज्जा मान्न जानेका छन र त मैनाभरी गोरु जोतिएझैँ लखतरान दलिएर एक वा दुईदिन प्रप्त हुने छुट्टिमा पुग्छन समुन्द्र | पुग्छन गगनचुम्बी महलका फेदमा | पुग्छन बगैँचा | खिच्छन फोटाहरु र पोस्टिन्छन फेसबुक,टुईटर र ईन्स्टाग्रामहरुमा | फैलाऊछन हात हावामा देखाउछन समुन्द्र | देखाऊछन गगनचुम्बी महल | मानौ यो सबै उनीहरुकै सम्पत्ति हो | मानौ यी सबै उनीहरुकै पौरख हो | बन्छन लघु मानव ति अग्ला टावरहरुका फेदमा |
वा !
हेर्छन ऑखा च्याति च्याति, अनि त पाल्छन रहरहरु तेतै पुग्ने | पलाएन हुने | युबाहरु, युबतिहरु | जवानहरु |
हो, तेसरिनै बढेको हो रहर रमेशको पनि | ठुलो पिलेन चड्नि | बिदेश जानी | खाडी जानी |

एकतमास सोचाईमा घोत्लीरहेको छ उ | मानौ उसालाई आज सुत्नु छैन | देख्नु छैन हिजको जस्तो सपना | पिल्छिनु छैन बेचैनिमा | सम्झदै छ , बाले भनेको शब्द | हिजो आफ्नु हातले दुखसुख गरेर धानेको बेबहारमा आज एक्कासि सहयोगको अपिल फिँजाई रहेछन किन ? कि छोरो हुर्कियो, बढ्यो या तरुण भयो भनेर हो ! पाएन भेउ उसले | कि अब बा ले साहारा खोजे ?
झन खग्रंग भो उ | सोचाई पनि नानाथरिका आऊने |

मिलन सुतेको छ | सुमन आफ्नि प्रेमिकासंग च्याटमा मस्त छ | प्रेम भाइबरको रिगं बज्नासाथ जुरुक्क उठेर बाहिरिएको थियो | अलि लाज मान्छ उ | हामी छेउ कुरा गर्न | भित्र छिर्दा मुसुक्क हॉस्दै आउछ | लज्जामिश्रित हॉसो | खुबै स्वॉउछ उसलाई | सुदुरपुर्बको लिम्बु हो | ज्वान छ | खाईलाग्दो |
बलिष्ट |
अर्को बिस्तारामा मिलन सुतेको हो | तर निदाएनछ |
सोध्यो उशले " रमेश दाई निन्द्रा लागेन ?"
"लाग्दै छ |"
भन्यो "निन्द्रै लागेन दाई, के भो भो |" साएद यादले चिमटेयो होला उस्लाई पनि | चितवनबाट बिदेशिएको उ | हाम्रो भेट उड्नुभन्दा एक हप्ता पैले म्यानपावरमा भको हो | तेसपछि साथी भयौँ | अलि अन्तरमुखी स्वभावको छ | कालो त हैन ठिकै छ | नेपाली माटोको | आज अलि बढिनै डिप्रेसमा देखेको  मैले रुम्मा आउदा | र सोधेँ "मिलन के भो बडा नैराष्य छौ त ?" ओछ्यानबाटै बिस्तारै बोल्यो | "दाई मेरी केटीले आज बिहे गरिछे |"
दुईचार दिन भो रे गलफ्रेनसंग टुटेको | एकहप्ता पैला भन्दै थियो उ ,दाई अर्को साल बिहे गर्छु तेही केटीसंग |
मैले सोधिन उस्लाई किन गरि भनेर | उसैले भन्यो | अन्तरमुखी भए पनि मन भित्रको पिडा लुकाउन सबैलाई गारै हुन्छ | ब्यक्त गर्ने सयम कुर्नि हो |
केटीको आमालाई क्यानसर भएको रहेछ |लगभग अन्तिम अबस्था | आफु जीउँदो छँदै छोरी अन्माउने रहर र बेबहारले गॉजेछ केरे | छोरीले आमाको अन्तिम ईच्छालाई लत्याउन सकिन | ओडी रातो घुम्टो | थापि सिन्दुर अर्कैको  | पहिरिई पोते | गई प्रेमीलाई छोडेर |
बनाई घाएल | पर्देशमा | रोयो होला मिलन | पोल्यो उस्को छाती | गर्यो महशुष प्रेमको | दियो नाम गद्दार र धोकेबाज |
हरदिन कुरा त्यै केटिको गर्थ्यो | म नि सोधिरहन्थे  | मेसेन्जरमा म पनि कुरा गर्ने गर्थे | मलाई नि दादा भन्थि |
तर मोरी गैछे | एउटा हृदय घायल बन्यो | पानीको फोका जस्तै प्याट्ट फुट्यो प्रेम | हरायो | साएद नभेटिने गरि |
फगत चोईटा चोईटामा बिभक्त छ जीवन | जोड्नु छ सबै, मिलाएर | बनाऊनु छ फलैँचा | गर्नु छ आराम तेँही |

आज पल्लो कोठामा बस्नि हरी निकै तनावमा रैछ | रक्सीले पुरा मातेको | कैलेनि पिएको देखिएन,तर आज तोडले धोकेच | किन होला ? रुम्मा यै कुरामा गफ भो केटाररुको | नीद परेको थिएन | समय कटाउने मेलो भो गफ |
रमेश अलि चॉडो आउछ डिउटी बाट | उस्ले था पायो घटना ,हरी को |
"अँ के भको रछ रमेश दाई ?" उत्सुक भएर सोद्यो सुमनले |
"के हुनु आज हरीकि स्वास्नि पैला भागिचे "
मिलन बोल्यो " मेरी जिएफको  नि आजै बिहे हुनि हरीकि श्रमती पनि आजै भाग्नी क्या संयोग है |" जोड्यो उस्ले संयोग | तर आफ्नु आजको बियोग भुलेन उस्ले |
संसारमा सबै समस्याहरु र पिडाहरुको चॉग गरिबलाई नै छ | बिहे गरेको रीन तिरी नसक्दै हरिकी स्वास्नी पैल गै | धनीका स्वास्नी पैल जॉदा धन लिएर जान्छन, गरीबका पैल जॉदानि गरीबी लिएर जानुनि ! अँह , तेसो गर्दैनन् | जॉदैनन तेसरी , बरु भएका झिटिगुन्टा सबै पोको पारेर ठोक्चन कुलेलाम | झन गरीबि थोपरेर जान्छन | उल्टो छ यॉहॉ | बिहे गरेको १ बर्ष पुगेको हो भर्खर | हरी रीन तिर्न अरब  | श्रीमति चैँ बैँश थेग्न नसकेर टाप कसि | आज दिउस भरि रोएरै बसेछ हरी | मनलाई कसरी बुजाओस | एक्लो जो छ | चिनेका भनेको सबै पासपोट बोक्नि मात्रै हो | तेसैले त कहिल्यै नपिउनि मान्छेले तोडले पिएछ आज | रक्सिको तालमा भुल्न खोज्यो तर कॉ सक्नु | झन याद ताजै छ उस्लाई | भन्दै थियो १ हप्ता अगाडी मात्रै कलेज जान गारो भो भनेर स्कुटी किनिदिएको थियो | स्कुटीसंगै गुडी उस्की स्वास्नी | सुखले मात्र मान्दो रैनछ केरे , शरीरका मागहरु पनि बढे होलान | जुन आबश्यक्ता खाडीमा भको लोग्नेबाट पुरा हुदैनन् र त लाग्छन बाटो | बेरिन्छन अंगालोमा | दिन्छन यौवन | भरिन्छन | तृप्त हुन्छन | भुल्छन आफ्ना लोग्नेहरु र उन्का दु:खाईहरु |
देशमा रहेका महिला अधिकारबादीहरु कुर्लिन्छन | महिलाहिंशाका बिरुद्द रॉको बल्छ | मैन जल्छ | बिदेशमा दशनग्रां खियाएर पठाको पैसाले नाठा खेलाएर बस्ने स्वास्नीमान्छेहरुबाट कति पुरुष पिडित छन भन्ने तिनीहरुलाई अन्दाजै छैन |
गारो छ | हामी मजदुरहरुको जीवन | न सुख | न चैन |
लामो सासलाई ब्ल्यॉकेटबाट बाहिर निकालेर बोल्यो रमेश |
यो सब भको हाम्रो देशको राजनैतिक बैमानिले गर्दा हो | स्थिर र भ्रष्टचारमुक्त शाषन बेबस्थाको लागी धेरै पटक आन्दोलन भयो | लास्टॉ तिनै गद्दारहरु पुगे जसको एकमात्र काम देशलाई लुटनु हो | बर्बाद गर्नु हो |
देशमा मन्त्री, नेता सबै बिदेश घुम्नि, राजयको ढुकुटी रित्याएर औषधीउपचार गर्ऩ बिदेशिनी तर देशको अर्को कुनामा आम मान्छे सिटामोल खान नपाएर मर्न पर्नि |
बडो बित्यसपुर्बक बोल्यो रमेश | उसलाई पटक्कै मन परेको छैन यो कुरा | एकै दिनमा २०/२५ मानिस मरिरहेका छन |

तर देशको सर्कारका प्रधानमन्त्री देखी मन्त्री र ठुला नेताहरु बिदेश जान्छन उपचारको निहुमा | करोढौ सकिन्छ रोगी नेताको उपचार खर्चमा | अनि देश बनाऊन यस्ले दिएन र उस्ले दिएन भनेर भाषन ठोक्चन र खेताला पत्रकार प्रयोग गरि छाप्छन लेख मिडियामा |
हामी सजिलै पत्याईदिन्छौ समाचार |
रोकियो रमेश |
प्रेम र सुमन अझै च्याटमै ब्यस्त थिए | मिलन चुपचाप कुरा सुन्दै थियो  रमेशको |
आफ्नि प्रेमिका गुमाउन पर्दाको पिडामा राजनीतिक गफ कति बुज्यो  था'भएन | तर बिच बिचमा हँ हँ भन्दै थियो |
कुरै कुरामा रातको दश बजिसकेछ |
अब फेरी भोली उठ्नु छ | जानु छ डिउटी | त्यसैले सुत्ने तरखरमा लागे सबै | बत्तिको स्विच प्याट्ट थिच्यो रमेशले | अध्यॉरो भयो कोठा | हरायो प्रकाश | पल्टिए सबै बिस्तारामा |
तर रमेश निदाउन सकेन | धेरै कोल्टो फेर्यो उसले | सम्झियो घर | बुडा भका बा आमा |
उमेरको उत्तरार्धमा पुगेका बा आमा छोडेर हुईकिएको हो उ बिदेश | बनेको हो पलाएनबादी | अठ्ठाईस बर्षको योगं |
घर छोड्नु रहर हैन | केही अभाव, केही दवाब र केही प्रभाबले छिर्यो खाडी |  र प्रण गर्यो उस्ले निदाउनु अगाडी | अब अर्कोसाल बा आमालाई सहयोग गर्न बिहे गर्दिने |
***
सेतो घोडामा चडेर जोडले जॉदैछ उ | जोश भरिएको छ | घोडालाई लठ्टिले सिप्क्यॉउदै अगि बड्दै छ रमेश | बाटोमा पर्ने खोला तर्यो र उकालो लाग्यो उ | बल्ल घर पुग्यो | झल्यॉस्स बिउझियो फेरी र उठ्यो मोबाईलमा ४:३५को आल्राम बजेको रैछ पलाएनबादीको !
***

No comments:

Post a Comment