Tuesday, 22 September 2015

उधारो प्रेम : कथा

"हेल्लो"
"अँ, कति ढिला गरेकी फोन रिसिभ गर्न पनि ?"

भर्खर बाथरुमबाट फर्किदै मोबाईल कानमा च्यापेर "हेल्लो" भन्ने बित्तिकै फटटट बोल्यो ऊ, जवाफमा केही फर्काउनै नपाई फोन काट्दै भन्यो "म तल तिम्लाई पर्खि रहेको छु ।"

आकाशमा बादलका गुब्बाराहरु फैली रहेका छन् । नजिकै कालो मडारिहरेको छ। टाढा क्षितिजमा चाँदनी घेरामा छ बादल । फोन कानमा अड्याउदै झ्यालबाट बाहिर हेर्छे उस्ले ।नचाउछे आँखा । मेघ गर्जनको ध्वनी गुम्फित छ, सोची 'पानी पर्च केरे' अनि कपाल झट्कार्दै तल हेरी । बादलको लुकामारीमा हराएको घाम । थाहा छैन अब बादललाई तोडेर प्रकाश छर्न सक्च या सक्दैन आज ! धुम्म छ वातावरण । डबल बर्षातको लक्षण । पानी र प्रेमको ।


तल,
पल्सर बाईकलाई  स्ट्यान्ड लगाएर फिल्मी शैलीमा बसेको छ, एक युवक । रेवनको गोलो चेस्माले औधी स्वाएको छ उस्लाई ।

***

 रस्मिता । क्रुपियर । डिलर भन्छन अरु । ग्राहकलाई जुवा खेलाउछे उ ।क्यासिनोमा । पोखरा जहाँ क्यासिनो खेल्न लोकल देखी बिदेशी सम्म भिड लाग्ने गर्चन ।
क्यासिनोमा सेल्समा काम गर्च हरिश । उस्ले खुप मन पराउन थाल्यो रस्मितालाई । सँधै मनमा कुरा खेलाउन खप्पिस भैसक्यो उ रस्मिताको बारेमा । कल्पनामा रस्मितासंग उडन थालेको धेरै भो । तर यथार्थमा बिउझदा भन्न सकि रहेको छैन्  । आखिँर मन परेको मान्छे संग अलिक डर लाग्दो रहेछ केरे । कता कता छुट्टै अनुभुति हुने । प्रेम गर्छु भन्न भन्दा नि रिजेक्टको डरले आत्तिनी ।एउटा छुट्टै धुन गुम्फिने अन्तरहृदयमा प्रेमको धुन, तर मौन बनेर !

धेरै दिनको प्रयास पछि उसले आफुलाई आत्मबिश्वास भरेर रस्मिता छेउ प्रस्तुत गर्यो र भेट्ने योजना बनायो ।मानौ उ बलवान ठान्दै छ आफुलाई । हिम्मत भरेको छ ।अदम्य शाहश ! क्रान्तीकारी योद्दाले झैँ मुटु दह्रो बनाएको छ ।

दुबैजनाको सल्लाह मिलेपछि अर्को एकदिन भेटने योजना बन्यो । शनीबार उनीहरुले फेवातालको किनारमा आफुलाई मिलाप गराए । र निक्लिए किनार तिर । जलकुम्भि झारले लपक्कै ढाकेको थियो ताल किनार । पानीसंगको अपार प्रेम गाँसिए झै थियो जलकुम्भि र तालको सम्बन्ध । तालको तरंगसंगै हृदयमा तरंगित भावमा हरिशले प्रपोज गर्यो रस्मितालाई ।

"रस्मिता म तिमीलाई प्रेम गर्छु, वाशनायुक्त प्रेम नठान्नु ! म शरीरलाई कम् र हृदयलाई ज्यादा महत्व दिने मान्छे, जिन्दगीको एउटा मोडमा मैले आफुलाई तिमी सामु उभ्याएको छु आज । मेरो पैलो प्रेम स्वीकार गर ।"
बडा फिल्मी शैलीमा बोल्यो र पारी रानीबन फर्केर टोलाईरह्यो ऊ जवाफको प्रतिक्षामा ।

रस्मिता निशब्दित भै ।मनभरी हुरी चल्दा शब्दहरुको बाढी ऊर्लिए पनि मुखबाट केही पनि निस्कन सकेनन् । हरिशको शैली र मिठास बोलीले क्षेणमै पग्लिसकिछे । अनएस्पेक्टेड थियो र पनि कस्तो मिठो, कस्तो प्यारो थियो हरिशको तरिका ! हरिशको खातामा रहेको प्रेमको हिसाब पारदर्शी भयो रस्मिताको सामु । अब पालो उस्को थियो ।

अगाडी रहेको बाराही मन्दिरमा परेवाहरु साँझको बासको तयारीमा भुर्र भुर्र उडेर रुखमा पुगेको देखिन्थ्यो वारीबाटै । माछापुच्छ्रे सिम्रिक रंग पोतेर अजङ्ग ठडिएको छ हरिश जस्तै । पारी रानीबन एकटक हेरिरहेको थियो फेवाताललाई शान्त बनेर । माथी गुम्बाबाट घाम अघिनै ओरालो लागेकोले होला साँझ छिप्पिदै थियो ।केही पर्यटकहरु डुंगामा फर्कदै थिए । केही जगिङ्गमा बेस्त ।

वरिपरीको वातारणले रस्मिताको मन पनि रंगियो । अझै हरिशको नौलो कहानिले पुलकित भै उ । केटी न हो उस्ले जवाफ दिईन । मानौ उस्ले केटीधर्म पालना गरि । र  भनि "यस्तो कुरो नि यति चाँडै यैँ ठाउको ठाँउ म कसरी भनुम् ? केही दिन समय देउ ।"

नखरा पारी उस्ले । शर्माई थोरै । लाजले माथी आकाश तिर हेरी । मानौ आकाश हेर्दा लाज हराउछ ।
प्रेमलाई बाशनासंग तौलनेहरुको जमातमा उ छुट्टै निक्लियो । बरु आफै उस्को हर सासमा समाहित हुन पुगी ।अनौठो आलिगिंन गर्न मन भयो तर रोकी आफुलाई ।
लागेको हो उस्लाई एकमन्  त ! हरिशलाई ग्वाम्ल्याङ्ग अंगालो हालेर ओठ टालि दिउँ, आँखा चुमीदिउ । आखीर त्यै हेराईले त मलाई राम्री देखेको । त्यो नजर प्यारो लाग्यो । तर सम्हाली ।सामाजिक बन्धनको अति चापले थचक्क थिच्यो उस्लाई । मनभने चन्चल भै रह्यो । कता कता काउकुति लागे जस्तै । लाज र चन्चलता एकै पटक भयो उस्लाई । आफ्नै सोच सम्झेर पानी भै उ !

त्यस दिनदेखी रस्मिताको आँखामा हरिशका तस्बिर नाच्न थाले ,,, हृदयको एउटा कुनामा उस्ले गरेको प्रस्ताव खेल्न थाले अनि सजाई हरिशलाई मन भित्र ।

प्रेमको अनुभुतिले च्यापेपछि दुनिया अर्कै लाग्न थाल्दो रच  । अरुका राम्रा कुरा पनि झिँजो लाग्न थाल्ने । तारन्तार आफ्नै प्रेमीको याद । बिछट्टै स्वादिलो याद । संगै छेउमै भएको आभाष । आह,,! जीवनको पैलो प्रेममा लिप्त छे उ । आखिर कल्पनामा उड्न टिकट लाग्नै हैन केरे त्यसैले उडी उ पनि ।
एत्तिकैमा बिप साउन्डमा एउटा म्यासेज झुल्कियो । हरिशको नाम लिएर :

प्रिया,
फुल जस्तै,
मलाई पनि फुल्न मन छ
काँडाहरुको बिचमा ।
जुन जस्तै,
उज्यालो भर्न मन छ
तिम्रो प्रेमिल चेहेरामा
क्षितिजको बादल चिरेर ॥

उ यसरी हरिशको प्रत्येक शब्हरुसंग स्पन्दित् हुन थालेकी छे अब  ।


***

क्यासिनोमा नेपाली ग्रहकहरुको चाप बाक्लो हुदैँ थियो । यध्यपी कानुनत जुवा खेल्न प्रतिबन्ध भए पनि लुकि चोरी म्यानेजमेम्टले घुसाई छोड्थे ।
दैनिक लाखौ लाखका बिटा देखिन्चन हारजीत हुँदा त्याँहा । रस्मिताको पनि मन लोभिन्थ्यो ।
एककिसिमको छुट्टै लोभले तान्थ्यो । आखिर माहादेवको त तीन नेत्र बाल्दिने पैसाले उस्का आँखा बाल्दिनु स्वभाविक नै थियो ।यसो हुनुमा उस्को अभाबयुक्त जीन्दगीले सहयोग गर्यो ।
अगाडी रहेको ग्राहकले जिस्काउने र फकाउने बारम्बार गरिरहन्थे । उसैका केही संगीहरु तेस्ता ग्राहकका साथ लागेका हल्लाहरु अपिसभरि ब्याप्त थियो । तिन्का लगाई ख्वाई पुरै धनाड्य शैलीको भै सकेको थियो ।

जेठको मैना १८ गते प्रियाको बर्थ डे सेलेब्रेसन डे । लेकसाईडको बुमर्याङ रेस्टुराँमा, जस्को एउटी अथिती थिई रस्मिता पनि । सुरुची, बिध्या, ईशा अनि रस्मिता र बर्थडे गल प्रिया गरि ५ जना जम्मा भए । साईडमा अर्को मान्छे थियो उही योगेश । उसैले स्पोन्सर गरिदिएको रहेछ । वाईन संगै स्न्याक्स चियर्स भो । रस्मिताले अनकनौदै पैलो घुट्को निली ।मुख अमिलो पारी अनि नाक खुम्च्याई । नाक खुम्चिदाँ नशाका रेशाहरु प्रष्ट देखिन्ते ।
सबैले प्रियालाई शुभकामना दिए । पार्टीको लागी योगेशलाई । उ नियमित क्यासिनो खेल्न काठमांडू देखी आउन थालेको थियो ।

पैसाको प्रभावले आदर्शको भट्टिमा ह्वात्तै पानी हाल्दिदो रहेछ र फुस्फुसाउदो रहेछ आदर्श त धुँवा बनेर ।
आखिर त्यसरी नै योगेशको पैसा बग्यो प्रतेक नशामा रस्मिताको ।
पैसाले शुशुप्त रहर पनि जगाउदो रहेछ केरे । जाग्यो यसरी नै,, मनलागेको सपिङ गर्ने,आफुलाई सुपर्ब देखाउने ! आखिर दुनियाले मान्छेलाई तौलने पैसाकै आडम्बरले न हुन् । देखावटी भव्यता प्यारो मान्छ मान्छेको जात ।
एकपटक झसंङ भै उ । चेतन मनले हठात् सम्झायो उस्लाई । हरिश ! एउटा सिम्पल केटो । रेड वाईनको नशामा हरिशको बिम्ब आकृत भयो । र उही पाराले बोल्यो ।
"प्रिया, दुनिया चिजको छ ! पैसामा सबैथोक बिक्च । जवानी पनि । तर प्रेम बिक्दैन ।आत्मा बिक्दैन । जस्ले प्रेम बिक्यो भन्छ उ भ्रममा छ या ढाँट्दै छ । बिकेको चिज प्रेम हुदैँ होईन त्यो अर्कै हो बरु याँहा आकर्षण खरिद गर्न खोजिन्च ।"
धमिलो आँखाले ठम्याउन सकिन उस्ले । वाईन गिलाँसमा हरिश छ या वाईन ! कन्फ्युज छे उ ।
वाईनको मन्द नशामा दुबिधामा परि । अरु साथीहरु उसैगरि हाँसिरहेको देख्चे । छेवैमा योगेश मुस्कान भरेर हेर्दै रहेछ । थोरै फ्रेस छु झैँ देखिन खोजी । यै बेला हातले टेबिलको ग्लाँसमा धक्का दिएच । ठङरगं बजारियो र अनेकन् टुक्रामा छरपस्टियो । अगि भर्खर गिलाँसमा हरिशको बिम्ब देखेकी थी उस्ले तर अब टुक्रिएको छ हरिश पनि, भिन्न भिन्न चोईटाहरुमा । अनेकानेक आकृतिमाहरुमा ,,,
अकारण अलमलिई र उठने प्रयास गरि । तर खुट्टा लडबडियो । हाँसो पनि नमिलेको अमिलो । मुख थोरै बाङ्गो भएको अनुभुति गरि । प्रियाको बर्थडे मिठ्ठो गरि लागेच बल्ल !

***
भोली पल्ट :
बिस्तारामा पल्टिरहेकी पाई आफुलाई बैजनी रंगको कोठामा ।झ्यालको पर्दाबाट शुर्यको लालीकिरण चिहाई रहेको थियो, मानौ बिहानी किरण रातमा पोखिएको उस्को यौवनको मात हेर्न चिहाँउदै छ । अनि योगेशले दिएको क्यासमा हरिशको उधारो प्रेम जोख्न खोजी उसले र निकाली हिसाब जिन्दगीको, यौवन क्यासमा बेच्दा फाईदा प्रेम उधारोमा ,,,,,,,!


No comments:

Post a Comment