Monday 20 July 2015

कविता ।


                                         

शहरको आलिसान बंगलामुनि
शडकपेटीमा
एउटा बालक प्लास्टिक फुक्छ ।
आठौँ तल्लाबाट मालिक झ्याल खोलेर
पिचिक्क थुक्च,
रक्सिको मातमा
भन्छ,
साला खातेहरु,,,,, !

आद्र रोदनसंगै
भोकले आन्द्रा बटारिदै गर्दा,
मालिकको 'पेरी' बोनलेससंगै आहारा भर्छ ।
शडकपेटी छेउ एउटा बालक
आज पनि भोकको नशामा
उही प्लास्टिक फुक्च ।
आठौं तल्लाबाट
घरमालिक फेरी पनि पिचिक्क थुक्च !

भन्छ,
साला गरीबहरु ,,,,,!

एका बिहानै घरमालिक्नी
किचनको फोहोर तेही झ्यालबाट
ह्वात्त हुत्याउछे,
र संगै
एक बाटा पानी फ्याँक्छे
तल,
एउटा बालक सदा धैँ
झसंग झस्किन्छ ।
रुझेर
बटारिएको कपालबाट
तरुरु
फोहोर पानी नाकमा बजारिन्छ ।
अनि मास्तिर हेर्छ
घर मालिक्नी
आँखा बटार्छे
र भन्छे
भिखारीहरु ,,,,,,,!
अनि, छेउको मन्दिरमा धुप बाल्छे ।
मग मग बास्ना लिन्छे ।

हो,शहर ईलाईटहरुको बस्ती हो ।
धनाड्यहरुको रवाफ हो,
सुकिलाहरुको यरिया हो ।
अनि हामी !
बरु,
कुकुर पुजा गर्छौँ
पशुहरु पुज्छौँ
पक्षीं पुज्छौ ।
तर
कदापी !
अँह, !
मान्छे (गरिब) पुज्दैनौ ।
बरु पथ्थर पुज्छौ र लाखौ प्याला
दुध अर्पेर शान्तीको कामना गर्छौँ
ढुगांसंग !
तर पनि हामी पथ्थरलाई प्रसाद,
पथ्थरलाई दुध
पथ्थरलाई प्रेम गर्न छोड्दैनौ !
र त
मलाई भन्न मन लाग्छ
साला,
हृदय हराएका मान्छेहरु ,,,,,!


                                                                     

No comments:

Post a Comment