Saturday, 18 July 2015

गजल प्रयास,



तिम्रा यादहरुका मुहान कैले पनि सुकेनन् प्रिया
दबाउन खोच्छु भित्रै धेरैसंग लुकेनन् प्रिया ।

अति मिठास अति प्यारो सम्झनाका तरेलीमा
परेलीमै आई बस्यौ नजर मेरा झुकेनन् प्रिया ।।

हेरि रह्यौ,हाँसि रह्यौ वालेटको तस्विरमा
रिक्त यो जिन्दगीको कामना कैले टुटेनन् प्रिया ॥



No comments:

Post a Comment