Tuesday, 7 April 2015

कविता : मृत्यु ||




एकछिन बेस्सरि कस्सियो
अँट्ठियो,
मुर्छै परुँला झै भएँ
बिस्तारै श्वास शिथील हुँदै गयो
अनि म हलुगों भएँ ।

धूमिल भए सबै दृश्यहरू
मधुरो,धमिलो र अल्पष्ट
हावामा प्वॉख तैरिए जस्तै
म हलुगों बने ।

ऑखा डुलाउन खोज्छु
हात हल्लाउन ।
ध्वनि श्ववण हुन्न,
खुट्टा तन्नकिदैन्
मुन्टो बगिंदैन् 
अंह,
केहि हुँदैनन् 
कुनै प्रकृयामा सफल छैन !
लमतन्न
स्थिर छु
कता,किन र के का लागी ?
पर्श्नहरू छैनन्
मात्र नवीन-नौलो अनुभूति !!
**
दुखेको छैन
चोट,पिडा छटपटाहट,तनाब
सबै एका-एक इतिहास भए 
बिलीन भए ।
केवल हावामा तैरिरहेको छु
शतश: हलुगों बनेर ।

न त मन मुटु पोल्छ 
न दिमागका केस्राहरू टन्किन्छ
न छाती पोल्छ न याद छ ,,,
अँह !
कुनै समस्या छैन ।
न कसैको आबश्यक्ता
न सहयोग 
हो म निष्फिक्री बनेको छु ।
**
मेरा को-को हुन,
को-को होईनन्
छुट्याऊन सकेको छैन
सबै उस्तै-उस्तै,
एउटै दुरुस्तै ।

न दृष्य छ, न शब्द,
न आवाज, न हलचल
न केही कृया.....
हो म संग केही छैन !
मात्र म छैन
मात्र म छु,
तर के छु ?
आकारमा छैन
ईश्वर पनि हैन
के हुँ ?
को हुँ ?
केही पनि हैन ,
केही पनि छैन
बस रित्तो !

मान्छे,खोला,पहाड,जंगल ।
जानवर,आकाश, बिश्वास
जून, तारा, शूर्य, ग्रह,
बिज्ञान, बिकाश
केही देख्दिन
ठम्याऊनै सकिन ।
के-के छन ?
के-के छैनन ?
ओह्हो !
म आफैँ पनि त छैन
छु भने कहॉ छु ?
कसैले देख्दैनन्
कसैलाई देख्दिन
मात्र तैरि रहेछु शतहमा !!
**
किन चिच्दैयाउदै छन
को-को हुन तिनीहरु,
किन रुँदै छन ?
भ्रममा छन सायद ,
म त बल्ल बॉचेको छु
कैहिल्यै नमर्ने गरि
हो बल्ल पीडा छैन
दु:ख छैन
दर्द छैन ।
हलुगों भको छु 
र पो तैरिरहेछु हावामा
निराकार बनेर ......!!

No comments:

Post a Comment